युनियन लाईफले दियो मृत्युु दाबी भुक्तानी रकम

सुर्खेत, २५ असोज ।

युनियन लाईफ इन्स्योरेन्स क।लि शाखा कार्यालय सुर्खेतले भेरिगंगा नगरपालिका १० का जय बहादुर खड्कालाई मृत्यु दाबी बापतको रकम ४१ लाख भुक्तानी गरेको छ ।

गत बर्ष भाद्र महिनामा सुर्खेत शाखाबाट २० लाखको बिमा स्वर्गीय आइती खड्काको जीवन बिमा गरिएको र पहिलो किस्ता बापत १ लाख २९ हजार ६ सय ३२ तिरी २० बर्ष जीवन बिमा गरिएको मा स्वर्गीय आइती खड्काको कालिकोट नाग्ममा घर पसल रहेको र उक्त घर पसल मिति २०७७र०५र१४ गते आएको पहिरोले पुरि दुर्घटना स्थल मै मृत्यु भएकोले उक्त घटनाको जानकारी पाए लगत्तै कर्णाली प्रदेशका उप प्रमुख किशोर थापा घटनास्थलमा पुगी आवश्यक कागजात संकलन गर्न लगाइ मृत्यु दाबी भुक्तानीमा बिमा दामी रकम  २० लाख दुर्घटना बापत २० लाख र अन्तरिम बोनस बापत १ लाख गरि जम्मा रु ४१ लाखको चेक मृतकले ईच्छायको ब्यक्ती उनको श्रीमान जय बहादुर खड्कालाई कम्पनीका कर्णाली प्रदेश उप(प्रमुख किशोर थापा , एजेन्सी म्यानेजर कुल प्रशाद गौतम , पुर्ण बहादुर वलि र भेरिगंगा १२ का वडा अध्यक्ष हरि प्रशाद कडेलको रोहबरमा हस्तान्तरण गरिएको थियो ।

युनियन लाइफले छिटो र छरितो तरिकाले दाबी भुक्तानी दिएकै कारणले आज देश भरी सबै जन्ताले बिश्वास गरि कम्पनीले दोस्रो स्थान लिन सफल भएको कम्पनीका कर्णाली प्रदेश उप प्रमुख किशोर थापाले बताउनु भयो । तेस्तै एरेन्ज म्यानेजर के।पि गौतमले युनियन लाइफ इन्स्योरेन्स अरु भन्दा पृथम भएको र अनुभवी इमानदार कर्मचारीहरु भएकाले अरु कम्पनी भन्दा भन्दा धेरै अगाडि बढेकाले हामी सबैको युनियन लाइफ मै बिमा गराउनु पर्ने बारेमा जानकारी दिनु भएको थियो ।

तेस्तै गरि मृतकका श्रीमान जय बहादुर खड्काले यति छिटो यति छोटो समयमा घर दैलो मा नै उपस्थित भइ भुक्तानी दिएकोमा युनियन लाईफ र कर्मचारी सबैको प्रगती होस र सबैले युनियन लाइफमै बिमा गरून् भन्नू भएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका एरेन्ज म्यानेजर सुन्दर वलि,मोहन खत्री लगायत स्थानिय समाजसेवी बुद्दिजिबी उपस्थिति रहेको थियो र उक्त कार्यक्रमलाई छिन्चु शाखाका प्रमुख प्रकाश रोका मगरले सहजीकरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया