आन्तरिक उडान सोमवारदेखि, यात्रुको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने

सुर्खेत, ४ असोज ।

कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान सोमवारदेखि शुरु हुँदैछ । सोलुखुम्बुको लुक्ला विमानस्थल पनि सोमवारबाट सञ्चालन हुने भएको छ ।

लुक्लाबाट उड्ने सबै यात्रुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने छ । गाउँपालिकाले यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त राखेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ । लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्छन् ।

तपाईको प्रतिक्रिया