बाफिकोट गाउँपालिकामा मदिरा बिक्रि वितरणमा कडाई

प्रचण्ड खत्री
रुकुम पश्चिम, ३ भदौं ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका स्तरिय शान्ति सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । नजिक आउँदै गरेको तीजलाई ब्यबस्थापन गर्नको लागि बैठकको आयोजना गरेको गाउँपालिकाले जनाएको छ । बाफिकोट गाउँपालिकाले पालिका भित्रका व्यक्ति र ब्यबसायीहरुले मदिराको उत्पादन, बिग्री वितरण, ओसार पसार तथा सेबन गरी होहल्ला गर्ने अर्कालाई डाहा लाग्ने कार्य गरेमा मदिरा ब्यबस्थापन तथा नियन्त्रक कार्यविधिले कारबाही गर्ने जनाएको छ ।

बाँफिकोट गाउपालिका भित्रका १० वडा भित्रका ईजाजत प्राप्त व्यक्ति वा संस्थाले मदिराको बिक्री वितरण बेलुकी ७ बजेदेखि राती ९ बजेसम्म गर्ने निर्णय भएको बाफिकोट गाउँपालिकाका अध्यक्ष धर्म बहादुर केसीले जानकारी दिए । ईजाजत प्राप्त गरेका ब्यापारिकले स्कुल, स्वास्थ्य कार्यालय सार्बजनिक निकाय, मठ मन्दिर, पुल पुलेसा भन्दा १ किलोमिटर टाढाबाट बिक्रि वितरण गर्न पाउने निर्णय भएको छ भने २० बर्ष भन्दा मुनिका बालबालिका तथा युबायुवतिलाई विक्रि बितरणमा रोक लगाईएको गाउपालिका अध्यक्ष केसीले बताए ।

बिक्रेताले अनिबार्य रुपमा मदिरा बेचेको प्रयोजन खुलाई अभिलेख राख्नु पर्ने नीति ल्याएको गाउँपालिकाले बताएको छ । शान्ति सुरक्षामा कलह पुरयाउने उद्देश्यले मदिरा बिक्री गरेको पाएमा गाउँपालिकाको मदिरा नियन्त्रक कार्यविधि अनुसार कारबाही गरिने भएको छ । मदिरा खाएर होहल्ला र अर्कालाई बाधा पुग्ने गरी गालि गलोज गरेमा कानुन बमोजिम कारबाही गरिने छ ।

मदिरा खाएर सार्बजनिक स्थलमा होहल्ला, झगडा गरेमा ५ हजार देखि १० हजारसम्म जरिबाना गाउँपालिकाले तोकेको छ । ईजाजत प्राप्त व्यवसायले मदिरा बिक्री वितरण गरी अन्याय गरेको ठहर भएमा पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार र तेस्रो पटक ३० हजार जरिबाना तोकेको प्रमुख प्रसाशकीय अधिकृत महेश गुरुङले जानकारी दिए ।

मदिरा ओसारपसार गर्ने व्यक्ति वा ब्यबसायी र ईजाजत बिना मदिरा राख्ने होटेल वा पसल ब्यबसायीलाई पहिलो पटक १० हजार दोश्रो पटक २० हजार तेस्रो पटक ३० हजार जरिबाना तोकेको छ । साधारण जनताका लागि पहिलो पटक ५ हजार दोश्रो पटक १० हजार तेस्रो पटक १५ हजार जरिबाना तोकेको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए र वडा अध्यक्ष, जनप्रतिनिधि तथा सरकारी कर्मचारीले मदिरा सेबन गरी होहला र समाजमा बाधा पुरयाउने कार्य गरेमा नेपाल प्रहरीको निगरानीमा मेडिकल गरि पहिलो पटक १० हजार दोश्रो पटक २० हजार तेश्रो पटक ३० हजार जरिबाना गाउँपालिकाले तोकेको छ ।

बैठकमा गाउँपालिका स्तरिय शान्ति सुरक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष धर्म बहादुर केसी, उपाध्यक्ष मनकला पुन, २ नम्बर वडा अध्यक्ष धन बहादुर खत्री, ३ नं. का वडा अध्यक्ष चन्द्र बहादुर केसी, ४ का वडा अध्यक्ष लीलाराम बिक कार्यपालिका सदस्य सेरु बिक, मन बहादुर बादी, प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ, लदुवा प्रहरी चौकी, पिपल प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय बाफिकोट, अस्थायी प्रहरी चौकी मग्मा र अस्थायी प्रहरी चौकी छिनखेतका ईन्चार्जका सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया