२०८३ आश्विन १७ गते
×

Now Playing

दुईदिनभित्र बैठक राख्न ओलीलाई बहुमत सदस्यको अनुरोध, तर मानेनन् ओलीले

काठमाडौं, २२ कात्तिक ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ शीर्ष नेताहरुले पार्टीको सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् । तर, ओली अझैपनि टसमस नभएको बुझिएको छ । पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने लगायतका विषय समेटेर ५ नेताले ओलीलाई लिखित पत्र बुझाएका हुन् ।

सो पत्र बुझाउन कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबार बालुवाटार पुगेका थिए ।

पार्टी एकता रक्षा गर्नका लागि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले बैठक बोलाउन आग्रह गर्दै प्रधानमन्त्रीसँग लिखित आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर बैठकमा प्रधानमन्त्री बैठक बोलाउन राजी भएनन् । प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठक बोलाउने बारे केही नबोलेको जानकारी दिए । यद्यपी ५ नेता एक दुई दिनभित्र नै बैठक बोलाएर समस्याको हल खोजिनुपर्नेमा एकमत देखिएका छन् ।

पार्टीभित्र विवाद उग्र बनिरहेको बेला शुक्रबार सचिवालयका ५ नेताको छलफलले ओलीलाई भेटर बैठक बोलाउन आगह गर्ने निर्णय गरेको थियो । सोही अनुसार नेताहरु बालुवाटार पुगेका हुन् ।

पार्टीभित्रको विवाद चर्किँदै जाँदा ओलीले बैठक नै नबोलाउने अडान लिँदै आएको नेताहरुले बताउँदै आएका छन् । यहीबीचमा ओलीले सार्वजनिक रुपमै पार्टीका नेताहरुविरुद्ध खनिँदै प्रसंगमै नरहेको आफ्नो राजीनामा माग्न थालिएको अभिव्यक्ति दिएका थिए । ओलीले बुधबार र बिहीबार आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए । यस्तै पछिल्लो समय ओली र प्रचण्डबीच छलफल हुँदै आएको भएपनि सहमतिको साटो झन् भनाभन भएको थियो ।

दुईदिनभित्र बैठक राख्न ओलीलाई बहुमत सदस्यको अनुरोध, तर मानेनन् ओलीले

नेकपा विवादः कर्णालीमा युद्धविराम, केन्द्रमा किचलो

दुईदिनभित्र बैठक राख्न ओलीलाई बहुमत सदस्यको अनुरोध, तर मानेनन् ओलीले

मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

Leave a comment

Your email address will not be published. Required fields are marked *