पलाताले ‘गाउँ यातायात’ सञ्चालन गर्ने

कालिकोट : कालिकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँ यातायात सेवा शुरु गर्न लागेको छ । गाउँपालिकाले आफ्ना गाउँपालिकावासीलाई सस्तो भाडादरमा सहज सुविधा दिन गाउँ यातायात सेवा शुरु गर्न लागेको हो ।

चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो गाउँसभाबाट गाउँ यातायात सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । गाउँ यातायात सञ्चालनका लागि चारवटा गाडी खरिद गरिसकिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘गाउँवासीको सहज सेवाका लागि गाउँ यातायात सञ्चालन गर्न लागेका छौँ’, उनले भने, ‘त्यसका लागि चार वटा सार्वजनिक यातायात बस खरिद गरेका छौँ ।’

गाउँपालिकाले पलाताभित्र सार्वजनिक यातायात शुरु गरी भौतिक पूर्वाधार तथा यातायात सञ्चालन हुने यातायात प्रणालीलाई सरल, सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय र सुरक्षित बनाउन एकीकृत यातायात प्रणालीको व्यवस्थापन तथा यातायातको विस्तार गर्न लागेको गाउँपालिका अध्यक्ष बमले बताए ।

‘यातायातसम्बन्धी नीति, अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने, सञ्चालन तथा व्यवस्थापन गर्ने, सूचना प्रणालीको विकास, गाउँपालिकाले एकीकृत यातायात प्रणालीको विकास गरी सञ्चालन गर्ने व्यवस्था गरेको छ’, उनले भने । आउँदो फागुन १ गतेदेखि गाउँ यातायात सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष बमले भने, ‘रुट निर्धारण गर्ने, सार्वजनिक यातायातका साधनबीच सूचना प्रविधिमा आधारित एकीकृत र नगदविहीन प्रणालीको विकास गरी कार्यान्वयन गराइने छ ।’

पलाताले ‘गाउँ यातायात’ सञ्चालन गर्ने

सुर्खेत जिल्ला प्रशासनमा स्तनपान कक्ष

पलाताले ‘गाउँ यातायात’ सञ्चालन गर्ने

कर्णाली करिडोरकोे ट्र¥याक खोल्ने जिम्मा सेनालाई दिन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds