खाँडाचक्रका १०६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

तुलराज पाण्डे
कालिकोट, १० जेष्ठ ।
कालीकोट जिल्लामा खाडाचक्र नगरपालिकामा हालसम्म जम्मा १ सय ६ जनाको कोरोना शंखास्पत मानिसहरुको पिसिआर परीक्षण गरिएको छ ।खाडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताए । उनका अनुसा जेष्ठ ५ गते गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताए ।

सेजुवालका अनुसार स्वदेश तथा बिदेशबाट आएका संखास्पत मानिसहरुलाई लक्षित गरी खाडाचक्र नगरपालिकाका वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका मानिसहरूको पिसिआर परीक्षण गरिएको बताए । परिक्षण गरिएको सबै मानिसहरुको रिपोर्ट नेगेटिभ आएको छ । खाडाचक्र नगरपालिका का प्रमुख प्रशासकीय खड्क प्रसाद उपाध्यायका अनुसार खाँडाचक्र नगरपालिकामा वडा नम्बर १ का १० जना, वडा नम्बर २का १० जना, वडा नम्बर ३ का १०जना, वडा नम्बर ४ का १० जना, वडा नम्बर ५ का ६ जना, वडा नम्बर ६ का १० जना, वडा नम्बर ७ का १० जना, वडा नम्बर ८ का १० जना, वडा नम्बर ९ का १० जना, वडा नम्बर १० का १०, वडा नम्बर ११ का १० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको छ ।

परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकाले हालसम्म खाडाचक्र नगरपालिका विश्वमाहामरी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) मुक्त रहेको खाडाचक्र नगरपालिका नगर प्रमुख जसि प्रसाद पाण्डेले बताए । उनले भने ‘हामीले बिदेशबाट फर्किएका र संक्रमित पहिचान भएको ठाँउबाट फर्किएका मानिसहरुलाई लक्षित गरी खाँडाचक्र नगरपालिकामा नमुना स्वाब संकन गरी परिक्षण गरिसकेका छौ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएपछि खाडाचक्र नगरपालिका कोरोना मुक्ता रहेको हाम्रो दाबी हो ।’ तर पछिल्लो समय खाँडाचक्र नगरपालिकामा रोजगारीका लागि भारत गएका फर्किन थालेपछि उनीहरुबाट कोरोना भित्रिने त्रास बढेको नगर प्रमुख पाण्डे ले बताए ।

तपाईको प्रतिक्रिया