अतिविपन्न १५ परिवारलाई पत्रकार केसीको खाद्य सहयोग

नक केसी
जाजरकोट, १ जेठ ।
कोरोना अर्थात कोभिड–१९ को संक्रमण रोक्न सरकारले गत ५२ दिनदेखि लकडाउन जारी छ । लकडाउनका कारण मजदुरी गर्न नपाएर संकटमा परेका विभिन्न १५ अतिविपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीले खाद्य सामाग्री सहयोग गरेका छन् । भेरी नगरपालिकाको वडा नं. ३ र ४ मा रहेका अतिविपन्न परिवारका सदस्यहरुको दुख र संकटमा साथ दिने उद्देश्यले पत्रकार केसीले विभिन्न चार थरिका खाद्य सामाग्रीहरु सहयोग गरेका हुन् ।

भेरी नगरपालिका वडा नं. ३ ठाँटीवजार पुराना साँझास्थित आफनै घरबाट पत्रकार केसीले ती विपन्न परिवारहरुलाई खाद्य सहयोग वितरण गरेका हुन् । ज्याला मजदुरीको अवसर नपाएर चरम आर्थिक अभाव वेहोरिरहेका भेरी नगरपालिका वडा नं. ३ का रामकला खड्का, कुमारो नेपाली, सुरज परियार, रत्न बहादुर वोहरा, हरिकला परियार, यमुना सुनार, सन्तोकी नेपाली, सीता रावत, पुतली विक, गौथली परियार, कुस्मा विक, दलवहादुर वुढा, देउरुपा राइ, अच्छा नेपाली र वडा नम्वर ४ का सुरज कार्कीको परिवारलाइ खाद्य सहयोग गरिएको पत्रकार केसीले बताए ।

खाद्य सहयोग वितरण गरिएका १५ परिवारहरु मध्ये बढी परिवार सदस्यहरु हुने ५ परिवारलाई ३० केसी चामल, २ केजी दाल, २ पोका तेल र १ पोका नुुन तथा कम सदस्यहरु हुने अन्य १० परिवारलाई २५ किलो चामल २ केजी दाल, २ पोका तेल र १ पोका नुन वितरण गरिएको केसीले वताए । लामो समय लकडाउन हुँदा समस्यामा परेका विपन्न परिवारको दुख र आपतमा साथ दिन आफुले उक्त सहयोग गरेको पत्रकार केसीले वताए ।

आपतमा परेकाहरुलाइ आफुले सकेको साथ र सहयोग गर्नु नै असली धर्म सम्झेर ती विपन्न परिवारलाइ आफुले सहयोग गरेको पत्रकार केसीको भनाइ छ । स्थानीय सरकारले जनताका लागि गर्ने सहयोगी एवम कल्याणकारी कदमहरुमा एकाकार हुन आफुले पनि विपन्न जनतालाइ साथ दिएको उनको भनाई छ । एक नेपालीले अर्काे दुखमा परेको नेपालीलाई साथ सहयोग दिने परम्पराको सिको गर्न आफुले यो सहयोग गरेको पत्रकार केसीको भनाइ छ ।

विपन्न परिवारका सदस्यहरुलाइ घरमै वोलाएर वितरण गरिएको राहतले आफुहरुलाइ केहि दिनको संकट टार्न मद्दत मिलेको पत्रकार केसीद्धारा वितरीत खाद्य सहयोग पाउनेहरुको भनाइ छ । भेरी नगरपालिका ३ स्यालाकी देउरुपा राइले श्रीमानको मृत्युपछि चार पाँच भाइवहिनी छोराछोरीलाइ पाल्न समस्या परेको र लक डाउनले मज्दुरी गर्न समेत नपाएका कारण खाने कुराको समस्या परेको वेला पाएको साथले राहत मिलेको बताइन् ।

त्यस्तै सोहि सहयोग पाएका पानी नाउलाका कुमारो विकले पनि लक डाउनले मज्दुरी गरेर श्रीमति र छोराछोरी पाल्नु पर्ने वाध्यता रहेका आफुलाइ पत्रकार केसीले खाद्य सामाग्री दिएर गुण लगाएको वताए । मानवीय दुख र संकटका वेला आफनो क्षमता अनुसार एकले अर्काेलाइ सहयोग गर्नु नै असली धर्म हुने स्थानीय व्यापारी दुर्गावहादुर श्रेष्ठले वताए । दुख सबैलाई आउने भएकोले एउटाको दुखमा गरिने सहयोगले समाजमा शान्ति र मेलमिलाप कायम गराउन मद्दत गर्ने श्रेष्ठले वताए ।

तपाईको प्रतिक्रिया