मन्त्रीकै जिल्लामा स्वास्थ्यकर्मीलाई गाउँ प्रवेशमा रोक

हुम्ला, २६ चैत ।
कोरोना संक्रमणको त्रासले हुम्लाको एक गाउँमा स्वास्थ्यकर्मीलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको छ । गाउँबासीले सम्भावित कोरोना संक्रमणबाट जोगिनका लागि पालिकामा रहेका स्वास्थ्यकर्मीहरुलाई गाउँ प्रवेशमा रोक लगाएका हुन् ।

खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ का गाउँबासीले पालिकाको स्वास्थ्य शाखामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई गाउँमा आउन प्रवेश निषेध गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए । यो जनताका अहिलको बाध्यता भएको बताउँदै उनले जे गरे कोरोराबिरुद्ध गरे राम्रै हुन्छ । गाउँपालिकाको स्वास्थ्य शाखाका काम गर्ने स्वास्थ्यकर्मीहरुलाई गाउँमा प्रवेश नगर्न भनेपछि पालिकामै बस्ने व्यवस्था गरिएको स्वास्थ्य शाखाका संयोजक बलीराज शाहीले बताए ।

यसरी पालिकामा काम गरेर घर जाने तीन जना स्वास्थ्यकर्मीहरु भएको अब तीन जना पालिकामै बस्ने उनले बताए । वडामा रहेका स्वास्थ्यकर्मीहरु भने गाउँमा बसेका छन् । उक्त पालिकाका पाँच वटै वडाहरुले गाउँ प्रवेशमा निक् कै कडिकडाउ गरेका हुन् ।

तपाईको प्रतिक्रिया