क्वारेन्टाइन तयार नहुँदा भारतबाट फर्किएकाहरु होटलमा


सुर्खेत, १२ चैत ।
नेपालगञ्जको रुपैडिहा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट एकसय दुई जनाको उद्दार गरिएको छ । कर्णाली प्रदेश सरकारकाले बाँके र कञ्चनपुर जिल्ला प्रशासनको सहयोगमा उनीहरुलाई उद्दार गरेको हो । नेपालमा लकडाउन भएपछि उनीहरु नाकामै अलपत्र परेका थिए ।
उनीहरुले मंगलबार साँझ रुपैडिहा र कञ्चनपुर नाकाबाट प्रवेश पाएका हुन् । वीरेन्द्रनगर ल्याइएका सबैलाई स्थानीय अशोका होटल र अन्तरनिर्भर समाजको होस्टेलमा राखिएको छ । खुल्लामञ्चमा निर्माण भइरहेको क्वारेन्टाइन पूर्णरुपमाा तया भइ नसकेकाले होटलमा राखिएको सामाजिक विकास मन्त्री दल रावलले बताए । नेपालगञ्ज नाकाबाट उद्दार गरिएकामध्ये ५७ जनालाई बाँके प्रशासनको सहयोगमा बुधबार सुर्खेत पु¥याइएको थियो । उनीलाई बाँके जिल्ला प्रशासन, नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा उद्दार गरिएको हो ।

उनीहरु भारतका गोहा, युपी र मध्यप्रदेश लगायतका क्षेत्रमा कोरोना फैलिएपछि नेपाल फर्किएका हुन् । त्यस्तै विहीबार नै थप ४५ जनालाई उद्दार गरिएको प्रदेश सरकारले जनाएको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रवेश पाएका उनीहरुलाई बुधबार बिहान मात्रै उद्दार गरिएको हो । उनीहरु दिउँसो दुई बजेमात्रै सुर्खेत पुगेका थिए । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने भएको छ । उनीहरु सबैको स्वास्थ्य परिक्षणपछि सुर्खेत ल्याइएको हो ।

उद्दार गरिएका कहाँका कति ?
बुधबार नेपालगञ्जबाट उद्दार गरिएका ५७ जनामध्ये ५६ जना कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् । एक जना भने सुदरपश्चिम प्रदेशका अछामका छन् ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अधिकृत नवराज कँडेलले दिएको जानकारीअनुसार उनीहरुको नेपालञ्जबाट उद्दार गरिएको हो । जसमध्ये जाजरकोटका १८, सुर्खेतका १६, जुम्लाका ११, दैलेखका १०, कालिकोटका एक र अछामका एकजना गरी ५७ जना रहेका छन् । ति मध्ये तीन जना बालबालिका, चार जना महिला र ५३ जना पुरुष छन् । यस्तै कञ्चनपुरबाट उद्दार गरिएका मध्ये सुर्खेत ३४, जाजरकोटका दुई, दैलेखका चार र पाँचजना कालिकोटका रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेननिधी वाग्लेले बताए ।

वीरेन्द्रनगरमा छरियो क्लोरिन
कोरोनाको त्रासपछि वीरेन्द्रनगर बजारमा चार हजार लिटर क्लोरिन पाउडर छर्किएको छ । सुर्खेत उद्योग वाणिज्य संघले बुधवार बजार क्षेत्र, सार्वजनिक स्थल, मेडिकल क्षेत्र, जिल्ला प्रशासन कार्यालय, अस्पताल, नगरपालिका लगायतका स्थानमा क्लोरिन पाउडर छर्कीएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा वीरेन्द्रनगर नगरपालिकाको दमकलबाट बजार क्षेत्रमा क्लोरिन पाउडर छरिएको उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिए । सुर्खेत साइन्स एण्ड सर्जिकलको सहयोगमा क्याल्सियम हाईड्रोक्लोराइड र बिलिचिङ पाउडर मिसाएर क्लोरिनवाटर तयार परिएको थियो । पाउडरले कोरोनाका किटाणुहरु बाट बच्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘आजदेखि सबैलाई क्वारेन्टाइनमा राख्छौं’
प्रदेश सरकारले वीरेन्द्रनगरमा क्वारेन्टाइन निर्माणमा ढिलाइ गरेको छ ।
एक हजार बेडको क्वारेन्टाइन बनाउने तयारी गरको छ । जसमध्ये वीरेन्द्रनगरको खुल्ला मञ्चमा चारसय बेडको क्वारेन्टाइन बनाउन सुरु गरिएको छ । आइतबारदेखि क्वारेन्टाइन बनाउन सुरुगरे पनि पूर्णरुपमा क्वारेन्टाइन निर्माण भइसकेको छैन । क्वारेन्टाइनमा हालसम्म चार सय सुरक्षित घर र बेडविस्तरा तयार भइसकेको छन् । तर शौचालय र खानेपानी भने निर्माण हुन सकेको छैनन् ।
समयमै क्वारेन्टाइन निर्माण गर्न नसक्दा बुधबार बिहान रुपैडिहा र गड्डाचौकीबाट उद्दार गरिएका नागरिकलाई होटेलमा राख्नुपर्ने अवस्था आएको छ । नेपालगञ्जबाट उद्दार गरिएका ५७ जना र कञ्चनपुरबाट २४ जना गरी ७८ जना दैलेख रोडमा रहेको अशोका होटलमा राख्नु परेको छ । कञ्चनपुरको गड्डाचौकीबाट उद्दार ४५ जना मध्ये २४ जनालाई अन्तरनिर्भर समाजको होस्टेलमा राखिएको छन् ।
यद्यपी प्रदेश सरकारले भने आज (बिहीबार) नै होटलमा उद्दार गरिएका सबैलाई क्वारेन्टाइनमा राख्ने दाबी गरेको छ । सामाजिक विकास मन्त्री दल रावलका अनुसार खानेपानी र शौचालय निर्माण सम्पन्न गर्नेगरी विहीबार क्वारेन्टाइनमा राख्ने जनाए । तीव्र्र रुपमा क्वारेन्टाइन निर्माण भइरहेको दाबी गर्दै उनले अवदेखि कुनै पनि नागरिकलाई होटलमा राख्नुपर्ने अवस्था नआउने दाबी गरे ।

विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरिदैभारतका विभिन्न स्थानमा रोजगारी गर्न गएर फर्किएकाहरुको स्थानीय तहहरुले संकलन गर्न थालेका छन् । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ र ९ ले विदेशबाट फर्किएका १७ जनाको विवरण संकलन गरेका हुन् ।
वडा नम्बर ९ ले विदेशबाट वीरेन्द्रनगर फर्किएकाको संख्या १६ जना रहेको विवरण नगरपालिकालाई बुझाएको छ । यी मध्य १५ जना भारत र एक जना कतारबाट आएको बताइएको वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

उनकाअनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा एक जना मात्रै भारतबाट फर्किएका छन् । भारत र कतारबाट फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न भनेका छौं’ उपप्रमुख ढकालले भनिन्, ‘सबै वडामा नयाँ व्यक्ति आएमा उनीहरुको विवरण संकलन गर्न मातहतका वडा कार्यालयलाई निर्देशन समेत दिइसकेका छौं ।’ वीरेन्द्रनगर फर्किएकाहरु सबैको विवरण संकलन गर्ने र उनीहरुमा समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मी वा सम्बन्धीत निकायहरुमा सम्पर्क गर्न जानकारी गराएको ढकालको भनाइ छ ।

तपाईको प्रतिक्रिया