कर्णाली चिनाउने उप-प्राध्यापक पञ्चदेव भट्टको एक डकुमेन्ट्री

सुर्खेत : सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हाल उप-प्राध्यापकको रुपमा कार्यरत सुदुरपश्चिम प्रदेशको धनगडी घर भएका पञ्चदेव भट्टले कार्णली प्रदेशको एक भिडियो डकुमेन्ट्री तयार गरेका छन् ।

कर्णाली प्रदेशका दशै जिल्लाहरुको संस्कृति, जीवनशैली, रहनसहन, भेषभूषा, धार्मिक, पर्यटकीय क्षेत्रलाई समटेर भिडियो डकुमेन्ट्री तयार गरिएको छ । भिडियो डकुमेन्ट्री तयार गर्नुको मुख्य उद्देश्य यहाँको कला, संस्कृति, जीवनशैली, रहनसहन र पर्यटनको प्रवद्र्धन साथै कर्णालीलाई चिनाउने प्रयास स्वरुप डकुुमेन्ट्री तयार गरिएको उप-प्राध्यापक भट्ट बताउँछन् ।

भट्टले कर्णालीको इतिहास, भाषा, संस्कृति, परम्परा र भेषभूषाले महत्वपूूर्ण क्षेत्र भएको भन्दै कर्णाली चिनाउन करिब ३३ मिनेटको भिडियो डकुमेन्ट्री तयार गरेको जानकारी दिएका छन् । उक्त भिडियो डकुमेन्ट्रीमा कर्णालीका सबै जिल्लाहरु जस्तै सुर्खेतको ऐतिहासिक काँक्रेबिहार, बुुलबुुले ताल, दैलेखको ज्वाला, कालिकोटको पचालझरना, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल , रुकुमको स्यार्फुु ताल, सल्यानको कुुपिण्डे दह, जाजरकोट दरबारलगायतका पर्यटकीय स्थलहरुलाई कैद गरिएको छ ।

साथै कर्णालीको लोपोन्मुुख संस्कृति, देउडा, मयुुर नाँच, हुड्के नाँच, लोक भाका, धामी झाक्री परम्परा, यहाँको कृषि पेशा, र राउटे समुुदायको बारेमा समेत समावेश गरिएको छ । उप-प्राध्यापक भट्टले कर्णालीमा प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले भरिपूूर्ण प्रदेश भएको भन्दै आफूले कर्णाली घुम्ने समयमा भिडियो डकुमेन्ट्री तयार गरिएको जानकारी दिए ।

साथै आफ्नो विभिन्न कामको सिलसिलामा कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुम्दै गर्दा त्यहाँको प्राकृतिक सौन्दर्यता, स्थानीय जीवनशैली, तथा रहनसहनलाई भिडियोमा कैद गरेको र सबै सामू यहाँको पर्यटन तथा संस्कृतिको बारेमा जानकारी दिन सकिन्छ भनेर डकुमेन्ट्री तयार गरेको छु । उनले भने । साथै उक्त भिडियो निर्माण गर्दा कर्णालीका स्थानीय तहहरुसँग समन्वयमा संकलन गरेर डकुमेन्ट्री निर्माण गरिएको हो ।

कर्णाली प्रदेशको संस्कृति, जीवनशैली, रहनसहन, भेषभूषा, धार्मिक, पर्यटकीय क्षेत्रलाई समटेर तयार  पारिइकाे भिडियो डकुमेन्ट्री  ।

तपाईको प्रतिक्रिया