वडा अध्यक्षले ३१ हजार घुस खाए

सुर्खेत : बराहताल गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष झक्कड बहादुर पुलामीले ३१ हजार घुस लिएका छन् । लेकगाउँ स्वास्थ्य चौकीमा एम्बुलेन्स चालक नियुक्ति गर्दा वडा अध्यक्ष पुलामीले ३१ हजार घुस लिएको रहस्य खुलेको छ ।

बराहताल गा.पा. वडा नं. ९ का नविन पुलामीलाई एम्बुलेन्स चालक नियुक्ति गर्दा ३१ हजार घुस लिएको रहस्य सार्वजनिक भएको छ । ‘स्मार्ट लाइसेन्स छैन ? माथि सम्म सबैलाई मिलाउँनुपर्छ’ भन्दै वडा अध्यक्षले ३१ हजार घुस लिएको जनाइएको छ ।

एम्बुलेन्स चालक नियुक्ति गर्दा घुस लिएको रहस्य सार्वजनिक भए एम्बुलेन्स चालक पुलामीलाई यस विषयमा कुरा अगाडी बढे जागिर जाने भन्दै वडा अध्यक्षले धम्क्याउने गरेको जनाइएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटबाट लेकगाउँ स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरिद गरेको थियो ।

तपाईको प्रतिक्रिया