थोरै खाए बल, धेरै खाए मल

नेपालीमा एउटा उक्ति छ, ‘थोरै खाए बल, धेरै खाए मल ।’ यसले खानपानको सही शैलीबारे इंगित गर्छ । खाना कति खाने ? यस सम्बन्धमा हामी त्यती सर्तक छैनौं । भोक लागेपछि भरपेट खान्छौं । सामान्य अवस्थामा जिब्रोको स्वाद फेर्न खान्छौं ।

एकथरी सोचाई के पनि छ भने, जति धेरै खाना खाइन्छ, उत्तिनै ज्यानमा ताकत आउँछ । तर, आवश्यक्ताभन्दा बढी खानाले पाचन यन्त्रलाई बोझिलो बनाउँछ । उक्त खानाबाट शरीरलाई पोषण मिल्ने होइन, बरु विकार बन्छ । त्यही विकार नै रोगको कारण बन्छ । त्यसैले आवश्यक्ताभन्दा धेरै खाना खानु रोग निम्त्याउनु सरह हो । उच्च क्यालोरी र फ्याट भएको खाना मात्र स्वास्थ्यको लागि हानिकारक हुँदैन ।

कुनै प्रकारको पौष्टिक आहार पनि आफ्नो क्षमता भन्दा बढि खाँदा शरीरलाई हानि गर्छ । हामीसँग जे जति खानेकुरा उपलब्ध छ, त्यसलाई कसरी सही र सन्तुलित ढंगले सेवन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । अहिले धेरैजसो व्यक्ति मोटोपनको सिकार भएका छन् । मधुमेहका सिकार भएका छन् । उच्च रक्तचापको सिकार भएका छन् ।
यस्ता समस्या धेरैजसो अस्वस्थ्यकर खानपानकै कारण हुन्छ । अर्थात, त्यही खाना हो, जसले हामीलाई स्वस्थ्य बनाउँछ । र, त्यही खाना हो, जसले हामीलाई रोगी बनाउँछ ।
विश्वमै सवैभन्दा बढी उमेर बाँचेकी एक जापानी बृद्धाले भनेकी थिइन् ।v

तपाईको प्रतिक्रिया