माउण्ट एभरेष्टको २० औँ वार्षिकोत्सव सम्पन्न

दिनेश कुमार बुढा

सुर्खेत : वीरेन्द्रनगर १ बाङ्गेसिलमा रहेको माउण्ट एभरेष्ट विद्यालयले आफ्नो २० औँ वार्षिकोत्सव शुक्रबार मनाएको छ ।  उक्र कार्याक्रममा उपस्थिति सम्पुर्ण अभिवावक तथा अग्रजहरुले विद्यालयले गरेको प्रगतिलाई उचित मुल्यांकन गरेर थप प्रगतिको लागि शुभकामना व्यक्र गदैँ विद्यार्थीलाई राम्रो बाटो तिर अग्रसर बनाउँन प्रमुख जिम्मेवार र पहिलो हात अभिभावककोनै हुने बताएका छन ।

साथै कार्याक्रममा गत वर्ष कक्षा ११ को विज्ञान संकाएमा कर्णाली प्रदेश प्रथमहुन सफल भएका दुई जना विद्यार्थीलाइ सम्मान गरिएको छ । भने २०७४ र २०७५ को एसईई परीक्षामा ए प्लस ल्याउने क्रमश १२ र १३ गरी २५ जना विद्यार्थीलाई सम्मान समेत गरिएको छ । साथै नियमित विद्यालय आउने शिक्षक पुनम रोकालाई सम्मान र नियमित फि बुझाउने अभिभावक मध्येबाट गोलाप्रथा गरी विक्रम मन्दिरका अभिभावकलाई सम्मान गरि विभिन्न सँस्कृति झल्काउने नाचहरुको पनि प्रदशन गरेर वार्षिकोत्सव मनाएको छ ।

यस अघि विद्यालयले सप्ताहव्यापी खेलकुद प्रतियोगिता, नगर सरसफाई र वीरेन्द्रनगर १२ मा रहेकोे मानव सेवा आश्रम सुर्खेतलाई मंगलबार मुट्ठिदान लगाएतका कार्यक्रम गरेको थियो । प्याव्सन केन्द्रिय उपाध्यक्ष बालदिप कँडेल प्रमुख अतिथि तथा विद्यालय व्ययावस्थापन समिति अध्यक्ष लक्ष्मी कुमारी धमलाको अध्यक्षातामा कार्याक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया