सुर्खेत जिल्ला प्रशासनमा स्तनपान कक्ष

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतमा स्तनपान (बच्चालाई दुध खुवाउने) कक्ष स्थापना गरिएको छ । प्रशासन कार्यालयको भवनभित्र स्थापना भएको उक्त कक्षको बुधबार उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले उक्त स्तनपान कक्षको उद्घाटन गरेका हुन् ।

उक्त स्तनपान स्थापना गर्नुको मुख्य उद्देश्य महिलामैत्री कार्यालय बनाउने रहेको प्रजिअ अधिकारीले बताए । जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय र यूएनओपिएसको समन्वयमा एक लाख दुई हजार पाँच सय ५० रुपैयाँमा स्थापना भएको हो । विशेष गरेर प्रशासनमा बच्चा बोकेर सेवा लिन आउने महिला सेवाग्राही र महिला कर्मचारीहरुलाई सहयोग गर्ने पुग्ने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेशको पहिलो र नमुना स्तनपान कक्षको रुपमा स्थापना भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै उक्त स्तनपान कक्षभित्र अध्ययन गर्नको लागि स्तनपान सम्बन्धि सन्देशमुलक साम्रगीहरु प्रर्चा, पम्पलेट, पोष्टर तथा चार्टकोसमेत व्यावस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया