रास्कोटमा एक घर, एक धारा

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले एक घर, एक मिटरसहितको धारा निर्माण गरेको छ । रास्कोट नगरपालिका र युनिसेफ नेपालको सहयोगमा नगरपालिकाको ६ बड्डालामा एक घर एक धारा निर्माण गरेको हो । आर्थिक वर्ष २०७४र०७५ बाट नगरले सुरु गरेको एक घर एक धारा निर्माणको अभियान तीनवटा वडामा सम्पन्न गरेको रास्कोट नगरपालिा प्रमुख कासीचन्द्र बरालले बताए ।

उनका अनुसार दुई वर्षको अवधिमा रास्कोटको ९ मा १ सय ८० घरधुरी, ६ मा ८१ घरधुरी र २ मा ८० घरधुरीमा एक घर एक धारा निर्माण भइसकेको छन् । उनले भने, ’तीनवटा वडामा एक घर एक धारा निर्माण भइसकेका छन् । बाँकी वडामा पनि निर्माणको काम थालिएको छ । युनिसेफ र नगरपालिकाको झण्डै डेड करोड लगानीमा तीनवटा वडामा एक घर एक धारा निर्माण भएका छन् । चालु आर्थिक वर्षबाट नगरपालिका भित्रका सबै तहका विद्यालयमा पनि मिटरसहितका बालमैत्री धारा र शौचालय पनि निर्माण भइरहेका छन् ।

उनले रास्कोट नगरपालिकालाई अबको दुई वर्षभित्र हरेक घरमा मिटरसहितको धारा र हरेक टोल पूर्ण सरसफाई उन्मुख हुने दाबी गरे । रास्कोट नगरपालिकाको ९ का ६० घरधुरीमा नमुनाका रुपमा सुरुवात गरिएको एक घर एक धारा निकै प्रभावकारी भएको रास्कोट नगरपालिका ९ का अध्यक्ष एवं नगरको पूर्वाधार विकास समितिका संयोजक डबल बोगटीले बताए । उनका अनुसार एक घर एक धारा निर्माण अभियानमा कर्णाली प्रदेश सरकारले पनि सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया