राज्यबाटै मानव अधिकार हनन्

सुर्खेत : कर्णाली प्रदेशमा राज्यबाटै मानवअधिकार उलङ्घनका घटना हुने गरेको पाइएको छ । मानव अधिकारको कार्यान्वयन गर्नुपर्ने निकाय राज्यलेबाटै वर्षमा ७४ जना पीडित बनेका छन् ।

इन्सेक कर्णाली पर्देशको तथ्यांक अनुसार सन् २०१९ मा राज्यपक्षबाट भएका ५६ वटा घटनामा ६९ पुरुष र पाँच जना महिला गरी ७४ जना पीडित भएका हुन् । इन्सेक कर्णाली कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीका अनुसार गिरफ्तार, यातना, कुटपिट, धम्कीका घटनामा नागरिकहरु राज्यबाटै पीडित बनेको बताए ।

इन्सेकको तथ्यांक अनुसार सन् २०१९ मा जम्मा चार सय ६३ वटा घटना भएका छन् । राज्यबाट ५६ र गैरराज्यबाट चार सय ६ घटना भएका थिए । घटनाबाट चार सय ३६ जना नागरिकहरू पिडित बनेका छन् । जसमध्ये पनि महिला दुई सय ३८ महिला अधिकार हनन्का घटना भएका छन् । ति घटनाबाट दुई सय ४१ जना महिलाहरु पीडित बनेका छन् । त्यस्तै बालअधिकार ७३, कुटपिटका २५ हत्याका २० वटा घटना भएका छन् ।

कर्णाली पर्देशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आवाज संस्थाका पवित्रा शाहीले छाउपडिका कारण महिला अधिकार हननका घटना बढी हुने गरेको बताइन । यस्तै नेपाली काँग्रेस सुर्खेतका कोषाध्यक्ष अन्नत पौडेलले देशमा द्वन्दात्मक गतिविधि बढीरहेको भन्दै अव मानव अधिकारकर्मीहरूको जिम्मेवारी हुनुपर्ने समय आएको बताए ।

नागरिक सरोकार संघका अध्यक्ष पिताम्वर ढकालले मानव अधिकारको पूर्ण पालना गर्न मुख्य जिम्मेवारी राज्य र राजनीतिक दलहरूकै भएको बताए । कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले प्रदेश सरकारले गर्ने गर्ने कानून मानवअधिकार पूर्णरुपमा पालना गर्ने गरी बन्ने बताइन ।

तपाईको प्रतिक्रिया