ऋषि स्मृति प्रतिष्ठानको बार्षिक साधारण सभा सम्पन्न

कपिल शर्मा

सुर्खेत : ऋषि स्मृति प्रतिष्ठान सुर्खेतको  बार्षिक साधारण सभा  तथा शर्माको ५७ औं जन्मदिनको अवसरमा श्रद्धाञ्जली कार्यक्रम वीरेन्द्रनगरमा शनिबार सम्पन्न भएको छ ।

सहिद ऋषिप्रसाद शर्माको ५७ औं जन्मदिनको अवसरमा श्रद्धाञ्जली कार्यक्रम एवमं प्रतिष्ठानको साधारण सभा स्वास्थ्य, जनसंख्या तथा राज्य मन्त्री नवराज रावतको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

ऋषि २०३६ साल देखी नेपालगञ्ज बहुमूखी क्याम्पसबाट अनेरास्ववियुमा संगठित हुदैँ पञ्चायाती एकतन्त्रिय कालो शासनको अन्याय र अत्याचारका विरुद्ध आँधिवेहरी सृजना गदैँ आएका थिए ।

प्रजातान्त्रीक आन्दोलनको बैचारिक र दर्शनको अध्यता बैचारिक कमाण्डर सहिद ऋृषिप्रसाद शर्माको नाममा स्थापित ऋषि स्मृति प्रतिष्ठान सुर्खेतको स्थापना भएको हो ।

प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्माका अनुसार उक्त प्रतिष्ठानले सहिद ऋषिको सम्झना र सामाजिक योगदानलाई स्थापित गरि रहन आन्तरिक अवस्था र प्राप्त सहयोगलाई गरिब, दलित, जनजाती र असहाय समुदायलाई प्रथामिकतामा राख्दैँ आएको बताए ।

उनले भने ‘प्रतिष्ठान स्थापना भए संगै विभिन्न संघसंस्था तथा क्लवहरुलाई आर्थिक सहयोग संगै ऋषि स्मृति अक्षयकोषको स्थापना गरि सुर्खेतका १२ वटा विद्यालयका विद्यार्थीलाई सहुलियत कार्यक्रम तथा छात्रवृत्तिको पनि व्यावस्था गरेर आएका छौँ ।’

शर्माको ५७ औं जन्मदिनको अवसरमा प्रतिष्ठानले गरेको आर्थिक वर्ष २०७४÷०७५ को आय÷व्यय विवरण पनि सार्वजनिक गरिएको थियो ।
प्रतिष्ठानका कोषाध्यक्ष टिकाराम शर्माका अनुसार रु ६ लाख ७ हजार ८ सय १४ रुपैया आय रहेको छ भने रु ६ लाख ७ हजार ८ सय १४   रुपैया व्यय  रहेको थियो ।

कार्यक्रमा उपस्थिति सम्पुर्ण पार्टि प्रतिनीधि, सरोकारवाला र ऋषि स्मृति प्रतिष्ठान परिवारले ह सहिद ऋषिप्रसाद शमालाई सम्झदै सम्बेधना प्रकट गरेका थिए ।

ऋषि स्मृति प्रतिष्ठानको बार्षिक साधारण सभा सम्पन्न

बारेकोटमा खाद्यान्‍न अभाव

ऋषि स्मृति प्रतिष्ठानको बार्षिक साधारण सभा सम्पन्न

वीरेन्द्रनगर जेसीज द्धारा पद हस्तान्तरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds