पर्यटकीय क्षेत्रको प्रचार गर्न दौड

सुर्खेत : नेपाल भम्रण वर्ष २०२० लाई सार्थक पार्न वीरेन्द्रनगरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।

ऐतिहासिक काँक्रेविहारमा चारवर्ष अघि फेला परेको अँधेरी गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

काँक्रेविहारदेखी अँधेरी गुफासम्मको सात किलोमिटर दुरीमा दौड प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष सुरेश मानन्धरले जानकारी दिए ।

दौड प्रतियोगितमा दुईजना महिलासहित ४५ जना सहभागी थिए । प्रतियोगितमा डिलबहादुर बुढा प्रथम, धिरेन्द्र भण्डारी दोस्रो र अमृत बुढाले तृतिय भएका थिए ।
विजयी खेलाडीहरुलाई पर्यटन मन्त्री नन्दसिंह बुढा लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया