एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामाः पाँच जनाको मृत्यु
काठमाडौंबाट रसुवा उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा क्याप्टेन सहित चार विदेशी नागरिकको मृत्यु भएको छ । जिल्लको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट पाँच जनाको शव संकलन गरिएको छ । त्रिभुवन […]




