परीक्षण उडानको आठ महिनासम्म पनि लागेन नियमित उडानको टुङ्गो

कालिकोटको नरहरिनाथ गाउँपालिका–१, स्थित कोटबाडामा रहेको सुनथराली विमानस्थल निर्माण थालिएको ३९ वर्षपछि सम्पन्न भएको थियो । वि.सं. २०४२ सालबाट निर्माण थालिएको विमानस्थल ३९ वर्षमा पुरा भएपनि परीक्षण उडानमा मै सिमित भएको छ । विमानस्थल निर्माण थालिएको झण्डै चार दशक मात्रै बितेको छैन यस अवधिमा विमानस्थल निर्माणका क्रममा ३५ जना मजदुरले ज्यान पनि गुमाएका छन् । […]

सुनथराली विमानस्थलमा तारा एयरको सफल परीक्षण उडान

निजी क्षेत्रको तारा एयरलायन्सले कालिकोटको कोटबाडा सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको छ । सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन हुने कोटबाडा सुनथराली विमानस्थलमा आईतवार विहान तारा एयरलायन्सले सफल परीक्षण उडान गरेको हो । उद्घाटन पूर्व तयारीका सबै पक्षको अध्ययन गर्नकका लागि तारा एयरको (नाईनएन–एकेएल) विमानले परीक्षण उडान गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहराले बताए । नेपालगञ्जबाट […]

सात बर्षपछि सुनथरालीमा पुनः जहाज पुग्दै

तत्कालीन राज्य पक्ष र विद्रोही पक्ष नेकपा माओवादीबीच चलेको १० वर्षे युद्धको दौरानमा २०५८ फागुन ४ गते तत्कालीन अछामका प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसहित १ सय २२ जनाले ज्यान गुमाएको घटनापछि विद्रोहीलाई खोज्दै तत्कालीन शाही नेपाली सेना ११ फागुनमा कालीकोटको कोटबाडा पुग्यो । सुनथराली विमानस्थल निर्माणमा संलग्न धादिङ गजुरीका १७ निर्माण मजदुरसहित ३५ जनामाथी शाही […]

फागुन १४ गते सुनथराली विमानस्थलको परीक्षण उडान

कालिकोटको सुनथराली विमानस्थलको फागुन १४ गते परीक्षण उडान हुने भएको छ । झन्डै ३८ वर्षदेखि निर्माण सुरु भएको कालिकोटको एक मात्र सुनथराली विमानस्थल यही फागुन १४ गते उद्घाटन हुने भएको छ । यो विमानस्थल निर्माण कार्य २०७९ साल माघ ११ गते सम्पन्न भएको थियो । निर्माण पूरा भएको डेढ वर्षमा उद्घाटनको मिति तीन पटक तय […]