घाँस काटेर दशैं खर्च जुटाउँदै : जुम्लाका महिला

जुम्लाको सिंजा गाउँपालिका–६ की सस्मिता रावतको दैनिकी घाँस काटेर बित्ने गरेको छ । रावत हप्ता दिनदेखि गाउँबाट घाँस काट्न जुम्लाको सदरमुकाम खलंगा झरेकी छन् । त्यसैबाट अहिलेको दसैंमा खर्चको जोहो हुनेछ । सस्मिता जस्तै दर्जनौं महिला घाँस काट्न व्यस्त देखिन्छन् । उनिहरुले घाँस काटेबापत प्रति दिनको ८ सय रुपैयाँ ज्याला पाउछन् । उनले भनिन्, ‘यहीँ असोज […]

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै सिंजाका युवा

जुम्लाको सिंजा गाउँपालिकाका युवा तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरमा उपयुक्त रोजगारी नपाएको भन्दै सयौं युवा खाडी तथा कालापहाड पलायन भइरहेको बेला सिंजा–२ का युवा वडास्तरीय युवा क्लबमार्फत् खेती गरेर तरकारी बेचरै लाखौं कमाउन थालेका हुन् । गाउँको आर्थिक, सामाजिक तथा राजनीतिक रूपान्तरण र सभ्य समाज निर्माणका निम्ति गठन गरिएको वडास्तरीय युवा […]

सडकले फेरियो : जनजीवन

जुम्लाको सिंजा गाउँपालिका–६ जोडु,रुघा भाडगाउँ र काडागाउँमा अहिले सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । हिमाली जिल्ला मुगुको राराताल जाने सडकसँग जोडिएको यो जुम्लाको सिंजा गाउँपालिका । स्थानीय सरकार आउनुपूर्व गाउँपालिकाको उच्च तथा ग्रामीण भेगका धेरै गाउँ बस्तीमा सडक पुगेका थिएनन् । गाउँपालिकाले सबै गाउँ बस्तीमा सडक […]

निःशुल्क स्वास्थ्य शिविरमाः झन्डै दुई हजार बढीले सेवा लिए

जुम्लाको दुर्गम सिंजा गाउँपालिका– ३ मा तीन दिने निःशुल्क वृहत् स्वास्थ्य शिविर संचालन भएको छ । गाउँपालिकाको सहजीकरण तथा ब्रिटिश गोर्खाज् नेपाल कादुरीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो।शिविरमा दुई हजार बढीले विभिन्न किसिमका सेवा लिएका छन् । विशेषज्ञ डाक्टरले स्वास्थ्य चेकजाँच गरेका थिए । शिविरमा महिला एक हजार ४ सय ४८, र पुरुष […]

विवाह गर्न वडाको सिफारिस अनिवार्य

जुम्लाको सिंजा गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न यस्तो नियम बनाइएको हो । गाउँपालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । बाल अधिकार समितिका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस […]

सिंजा गाउँपालिकामा कक्षा ८ बाट ४ वटा विद्यालय निल

जुम्लाको सिंजा गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा ४६ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी दुई सय ७४ विद्यार्थीमध्ये ४६ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । गाउँपालिकामा २२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी परीक्षामा सामेल थिए । जसमध्ये १२ वटा विद्यालयका विद्यार्थी सहभागी थिए । जसमध्ये ४ वटा […]

हराएकी बालिका १४ दिनपछि सकुशल भेटिइन्

यहीँ माघ ११ गतेबाट बेपत्ता भएकी जुम्लाको सिंजा गाउँपालिका-६ जोडुगाउँ कि १२ वर्षकी रमिशा बुढा १४ दिनपछि सकुशल भेटिएकी छन्। जुम्लाको तातोपानी गाउँपालिका -१ बाइराका गाउँबाट तातोपानी तिर आउदै गरेको अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।प्रमुख डिएसपी प्रल्हाद कार्कीका अनुसार ‘हराएको भन्ने खवर भएदेखि प्रहरीले खोजी कार्य गर्दा हराएको १४ दिनपछि पनि बालिका […]

तस्बिर गोल्डेन बुढा

उ–बेला आत्मनिर्भर : जुम्ला अहिले परनिर्भर

सिंजा गाउँपालिका–४ माथिल्लो गोठि गाउँका धनबहादुर बुढा उमेरले ५९ वर्षका भए । स्थानीय कृषि उत्पादनप्रतिको पुरानो लगाब र मेहनत उनले भुल्न सकेका छैनन् । उनी भन्छन्, ‘पहिले हाम्रो जुम्ली परिवेश निकै आत्मनिर्भर थियो ।’ अहिले परनिर्भरता बढ्दै गएको छ । उनी चिन्तित प्रकट गर्छन्। बुढाका अनुसार जुम्ला पहिले लुगामा आत्मनिर्भर थियो । खाने चिज आयात […]