ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया भएको छ । तातोपानी गाउँपालिका–४ गिडीखोलाकी ३५ वर्षिया सम्झना पाण्डेको पाठेघरको सफल शल्यक्रिया ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो । १७ वर्षको कलिलै उमेरमा विवाह गरेकी पाण्डेलाई पाठेघरको संक्रमण भएको थियो । उनका दुई वटा बच्चा जीवित छन् भने पाँच वटा बच्चा खेर गएका थिए […]




