वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन् । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो । हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । मौरीपालन गर्न […]

दाङमा संचालनमा आयो मह उत्पादन प्रशोधन उद्योग

पश्चिम दाङका मौरी पालन व्यवसायलाई मध्यनजर गरी मह उत्पादन प्रसोधन उद्योग सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दाङ र सूर्योदय माहुरी फर्मको लगानीमा तुलसीपुर उपमहानगरपालिका ८ दुधेनामा उद्योग सञ्चालनमा आएको हो । परियोजनाको ७ लाख ७९ हजार र फर्मको ७ लाख ७९ हजार गरी साढे १५ लाख बढिमा मह उत्पादन प्रशोधन […]