सम्पादकीय: गुणस्तरिय स्वास्थ्य सेवाबाट नागरिक बञ्चित नहुन्
कर्णाली प्रदेशको स्वास्थ्य सेवा अझै पनि अन्य प्रदेशमा निर्भर छ । दक्ष जनशक्ति र पूर्वाधार अभावसँगै अत्याधुनिक प्रविधिसहितको स्वास्थ्य सेवा अभाव कर्णालीले झेली रहेको छ । कर्णालीका ग्रामीण बस्तीहरुमा अझै पनि एक ट्याब्लेट सिटामोल पाउन मुस्किल जस्तै छ । जेनतेन धानिएको कर्णालीको स्वास्थ्य सेवा १० वटै जिल्लामा सुविधासम्पन्न अस्पताल विस्तार हुन नसके पनि प्रदेशको मुकाम […]




