कर्णालीले दिएको चिनारी

कुनै समय मातृप्रधान सामाजिक व्यवस्था रहेको कर्णालीमा आमाले आगो, पानी, हावा, सूर्य, चन्द्र, पृथ्वी, खेत, बारी, खर्क, पाटनलाई जीवन र जगतको स्रोत मानेर पूजा गर्न थालिन् । आफ्नो गणमा भएका सन्तानलाई प्रकृतिको पूजा गर्ने प्रथा हस्तान्तरण गरिन् । यसै भएर प्रकृतिलाई पूजा गर्ने बोन धर्मको उत्पत्ति पनि कर्णालीलाई नै मानिन्छ ।

हुलाक सेवामा बढ्न थाले सेवाग्राही

हुलाक मार्फत चिठ्ठी पत्र पठाउँदा तौलको आधारमा शुल्क लाग्छ । चिठ्ठीका लागि पहिलो २० ग्रामसम्म आठ रुपैयाँ शुल्क लाग्छ, त्यसपछि भने प्रत्येक २० ग्रामको पाँच रुपैयाँ तिर्नुपर्छ । तर किताव नै पठाउनेहरुका लागि भने हुलाकले डाँकसेवा शुल्कमा थप सुविधा दिएको छ ।