लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान

लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँकेमा हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे सङ्कलनको कार्य पूरा भई प्रयोगशालमा परीक्षणको कार्य भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज […]