अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण
विद्यालयमा स्थानीय समाजसेवीका सहयोगमा सातवटा अक्षयकोष स्थापना गरिएका छन् । अक्षयकोषमा जम्मा गरिएको रकमको ब्याजबाट विद्यालयका जेहेनदार, आर्थिक रूपमा विपन्न, खेलकुदका क्षेत्रमा अब्बल रहँदै आएका विद्यार्थीलाई छात्रवृत्तिस्वरूप रकम प्रदान गर्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ठगुन्नाले बताए । ‘प्रत्येक वर्ष अक्षयकोषबाट व्यवस्थापन समितिको बैठक बसी छात्रवृत्तिका लागि विद्यार्थीको छनोट गरी रकम प्रदान गर्दै […]





