सम्पादकीय : खर्चको दायरा बढाऊँ

कर्णाली प्रदेश सरकारमा प्रत्येक बर्ष विकास खर्च न्यून हुने गरेको छ । प्रदेश सरकार बने यता नेतृत्व फेरिने गरेको भएपनि विकास बजेट खर्च शैली फेरिँदैन । चालु आर्थिक बर्षको तीन महिनामा चार प्रतिशत मात्रै खर्च भएको छ । चालुतर्फ ११.८२ प्रतिशत बजेट खर्च हुँदा पूँजीगततर्फ ४.०६ मात्रै खर्च हुनु विकास निर्माणमा सरकारको उदासिनता हो । […]

सम्पादकीय: विकासमा अनावश्यक झमेला नगरौं

कर्णाली प्रदेशमा भरपर्दो बिजुली बोक्ने संरचना छैनन् । भएका पनि भर पर्दा छैनन् । सामान्य अवस्थामा पनि बिना सूचना घण्टौं बिजुली जाने कर्णाली प्रदेशको नियती जस्तै भइसकेको छ । गतिलो विद्युतको संरचना नहुँदा यसको मार नागरिकले थेगिरहेका छन् । कर्णालीको विद्युत सेवालाई सुधार गरी गुणस्तरिय बनाउन तथा भेरी र कर्णाली नदी बेसिनमा निर्माण हुने जलविद्युत […]

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार होः मन्त्री भण्डारी

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन् । उनले जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी बनेका पाँच वटा विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम मन्त्री भण्डारीले यस्तो बताएका थिए । मन्त्रीले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुने दाबी गरे । “शिक्षाको विकास हुन सकेन […]

सम्पादकीय: कर्णालीका आधारभूत अस्पताल निर्माणमा ध्यान देऊ

देशैभरीका सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्य अनुसार पहिलो चरणमा कर्णालीका ७९ स्थानीय तह मध्येमा दुई चरणमा गरी ६९ वटा स्थानीय तहमा बजेट र कार्यक्रम सरकारले पठाएको थियो । उक्त कार्यक्रम अन्तर्गत हालसम्म ४४ पालिकामा मात्रै आधारभूत अस्पताल निर्माणको काम भैरहेको छ । आधारभूत अस्पताल निर्माणको जग्गा लगायतको मापदण्ड सरकारले नै तोकेर […]