बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै
भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो । जिल्लामा हाल करिब १० हजार लागुऔषध प्रयोगकर्ता रहेको लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनले बताए । “लागुऔषध न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि प्रयोगकर्ताको सङ्ख्या बढ्दो […]




