सूचीकृतमध्ये तीन प्रतिशतलाई मात्र रोजगारी
रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृतमध्ये तीन प्रतिशत युवाले मात्र रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृतमध्ये ३.१३ प्रतिशत अर्थात् १०१ जनाले मात्र रोजगारी पाएका हुन् । बाँकी ९६.८६ प्रतिशत अर्थात् तीन हजार १२१ जना सूचीकृत युवाले रोजगारी पाउन नसकेको नगरपालिकाले जनाएको छ । गरिब तथा विपन्न परिवार र वडाको आवश्यकताका […]





