कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले चैत २० गते मंगलबार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिबवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् […]

मुख्यमन्त्री शर्माको ८ जना ‘कोर टीम’, ४ स्वकीय सचिव र ४ विज्ञ सल्लाहकार

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो कोर टीममा ४ स्वकीय सचिव र ४ विज्ञ सल्लाहकारसहित ८ जना राखेका छन् । प्रमुख स्वकीय सचिवमा गृह जिल्ला रुकुमकै शैलेश कुमार शर्मा, स्वकीय सचिवहरूमा कालिकोटका पौरख कुमार विक, रुकुम पश्चिमका कृष्ण रोका र दैलेखका कृष्ण केसी रहेका छन् । प्रमुख स्वकीय सचिव शर्माले उपसचिव तहको सेवा–सुविधा पाउँछन् भने पौरख […]

राजनीति र धर्म फरक देखिएपनि मर्म एउटै हुनुपर्ने: मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताएका छन् । द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका ९ सुर्खेतद्वारा आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ एवं धार्मिक महामहोत्सव’ उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले राजनीति र धर्म फरक देखिएपनि मर्म एउटै रहेको बताए । उनले भने, ‘समाजमा रहेका अन्याय, […]

सहिदहरुलाई फूलमालामा मात्रै सिमित राख्नु हुदैन: मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहिदहरुलाई फूलमालामा मात्रै सिमित गर्न नहुने बताएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित सहिदहरुलाई पुष्पगुच्छा अर्पण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले सहिदहरुलाइ फूलमालामा मात्रै सिमित गर्दा सहिद प्रतिको सच्चा सम्मान नहुने बताए । सहिदहरुको बलिदानबाट नेपाली जनताले १०४ बर्षिय निरंकुशता २०५ बर्षिय एकात्मक […]

कर्णालीको समृद्धिलागि ब्यवसायिक कृषिलाई जोड दिऔ: मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि संभव हुने बताए । उनले भने कर्णालीमा जल जमिन, जंगल, ,जडिवुटी पनि छ । कृषिलाई ब्यवसायिककरण गरेर मात्र समृद्धि संभव छ । यसका लागि भौगोलिक कलस्ट अनुसार कृषि पशुपालन र वनमा आधारित ब्यवसायिक कार्यले मात्र रोजगारी सृजना गर्न सकिन्छ । कर्णाली […]

तिनै तहका सरकार मिलेर विकासलाई अघि वढाऔ : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म र भावना अनुसार तिनै तहका सरकार सहमति र सहकार्य गरेर विकासमा लाग्नुपर्ने बताएका छन् । उनले भने, ‘एक्ला एक्लै हिडेर होईन, तिनै तहका सरकार एक आपसमा सहमति,सहकार्य गरेर विकास गरेर अघि वढौ ।’ जिल्ला समन्वय समिति सुर्खेतको सातौ जिल्ला सभाको उद्घाटन गर्दे मुख्यमन्त्री शर्माले तिन तहका सरकारले […]

क्षतिपूर्ति सहितको अधिकार आवश्यक : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई क्षतिपूर्ति सहितको अधिकार चाहिएको बताए । कर्णाली प्रदेश पछि परेको नभई पछि पारिएको प्रदेश भएकाले विशेष अधिकार पाउनुपर्ने उनको भनाइ थियो । ठुलो र विकट भूगोल भएको कर्णालीमा जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनु राम्रो नभएको भन्दै उनले कर्णालीमा क्षतिपूर्ति सहितको सङ्घ सरकारले विशेष कार्यक्रम ल्याएर विकास गरिनुपर्ने बताए […]