भेरी करिडोर : नलगाड–तल्लु खण्डमा धमाधम काम हुँदै

भेरी करिडोर सुर्खेतबाट सुरु भई चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा टुङ्गिन्छ । एक सय १८ किलोमिटर लामो सडकअन्तर्गत जाजरकोटको नलगाड नगरपालिकाको तल्लुसम्म कालोपत्र गर्ने योजनाअनुसार हाल ५६ किलोमिटर खण्डमा धमाधम काम भइरहेको छ । सुर्खेत, सल्ल्यान, जाजरकोट, रुकुमपश्चिम र डोल्पालाई जोड्ने यो सडक बाँकेको जमुनाहबाट सुरु भएर तिब्बतमा टुङ्गिन्छ । हाल तीन सय १० किलोमिटरमध्ये […]

भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले भेरी करिडोरका निर्माणाधीन पुल तथा सडकको निरीक्षण गरेका छन् । करडोरका १३ वटा पुल तथा तीन सय १६ किलोमिटर सडकखण्डमध्ये ५६ किलोमिटर क्षेत्रमा भइरहेको कामको जानकारी लिनुका साथै निर्माण व्यवसायीलाई काममा तीव्रता दिन मन्त्री बुढाले निर्देशन दिए । उनले निर्माण व्यवसायीलाई ताकेता गरी काममा फर्काउन भेरी करिडोर आयोजनाका […]

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो । रुकुम पश्चिम आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तल्नुबगर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङ, सोही पालिकाको वडा नं १ छलगाडमा […]

लथालिंग हुँदै भेरी करिडोर

भेरी करिडोरको ११८ किलोमिटर खण्डमा निर्माण हुने पुल तथा सडक अलपत्र परेका छन् । ५६ किलोमिटर खण्डमा पिचको काम जारी रहे पनि बाँकी ६२ किलोमिटरका लागि अझै बोलपत्र आह्वान भएको छैन । नेपाली सेनाले अस्थायी ट्रयाक खोलेर सरकारलाई हस्तान्तरण गरिसकेको सडक स्तरोन्नति नहुँदा दैनिक यो क्षेत्रमा यात्रा गर्ने यात्रुलाई समस्या हुँदै गएको छ । जाजरकोटको […]

भेरी करिडोरमा ठेकेदारको चरम लापरबाहीले पुलको काम अलपत्र

सरकारको मुख्य प्राथमिकता अझै पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिलासुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्युमार्ग जस्तै बन्न पुगेको छ । आधा दर्जन पुल ठेक्का लागे पनि विभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुहरुलाई हैरानी हुँदै आएको हो । […]