बाँके जिल्ला प्रशासनले ‘नागरिक रिपोर्ट कार्ड’ को नामबाट प्रयोगमा ल्यायो आफ्नै क्युआर कोड

सेवाग्राहीले आफूले प्राप्त गरेको सेवाका सम्बन्धमा आफ्नो अनुभूति, कर्मचारीको व्यवहार र कार्यालयकै मूल्याङ्कन गर्न सक्ने गरी क्युआर कोडको व्यवस्था गरिएको हो ।

२० दिनका नवजात शिशुको उद्धारमा गएका डिएसपीमाथि नै चक्कु प्रहार

प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा प्रनाउ तिवारीलाई लागेको थियो । चक्कुको झटारोबाट प्रनाउ तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए ।