सम्पादकीय : पेट्रोल अन्वेषणले जगाएको आश
दैलेखमा जारी पेट्रोलिय पदार्थ अन्वेषण अन्तर्गतको ‘ड्रिलिङ’ (जमिनमुनी मेसिनको सहायताले खन्ने काम) सम्पन्न भएको छ । २८ वैशाख २०८१ बाट सुरु भएको ड्रिलिङको काम बुधबार (१७ पुष) सम्पन्न भएको हो । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित अन्वेषण स्थलमा ड्रिलिङको काम चार हजार दुई मिटरमा पुगेर टुङ्गिएको हो । वैशाखबाट सुरु भएको ड्रिलिङको काम असोज मसान्तभित्रै सम्पन्न […]





