हुम्लामा आफ्ना उम्मेदवारलाई धम्क्याइएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्ला जिल्ला सर्केगाड गाउँपालिको उपाध्यक्ष पदका उम्मेदवार सुजता थापालाई धम्क्याइएको र अपहरणको शैलीमा लछारपछार गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्भयपूर्वक चुनाव लड्न पाउने वातावरण नभएको भन्दै आइतबार आयोगमा उजुरी दिएका हुन् । ‘हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि […]

निर्वाचन आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग

निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । आयोगको बिहीबार बसेको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण […]