खुला विश्वविद्यालय पढेकाले पनि कानुन व्यवसायीको लागि परीक्षा दिन पाउने
सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई पनि कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा सहभागी गराउन आदेश दिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले हिजो ती विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्न नेपाल कानुन व्यवसायी परिषद्को नाममा आदेश दिएको हो । यसअघि परिषद्ले खुला विश्वविद्यालयको पाठयक्रम सीमित प्रकृतिको भएको भन्दै खुला विश्वविद्यालयबाट पास भएका […]




