मुख्यमन्त्री जिल्ला भ्रमणले पनि समाधान भएन समस्याग्रस्त योजनाको प्रगति

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सबै जिल्लामा योजनाको अवस्था र बजेट कार्यान्वयन गर्ने भन्दै भ्रमण गर्न थालेको छ दुई महिना बित्यो । १० जिल्लामा घुमेर सबै समस्या बुझेर प्रदेश राजधानी सुर्खेत फर्के पनि ३३ वटा समस्याग्रस्त योजनाको प्रगति विवरण भने जहाँको तहीं छ । पुराना आयोजनाको समस्या समाधान जिल्लाबाटै गर्ने र नयाँ योजना कार्यान्वनलाई तीव्रता दिने […]

‘योजना निर्माण र कार्यान्वयनमा स्वार्थपूर्ण निर्णय र अन्यायपूर्ण कार्यले स्थान पाउने छैन’

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेले प्रदेशबाट आउने योजना किनबेचको बस्तु नभई सेवाग्राहीको अधिकार भएको जिकिर गरेका छन् । जुम्लाको विकास निर्माणको अवस्था बुझ्न र जनतासँग प्रत्यक्ष संवाद गर्न जुम्ला पुगेका छन् । मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट गर्दै विकास निर्माणको अवस्था बुझ्न जुम्ला पुगेर यस्तो बताएका हुन् । […]