कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई बिहिवारदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ । उपमहानगरका सबै वडामा बिहिवारदेखि कोरोनाविरुद्धको खोप अभियानका रुपमा लगाउन थालिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । अभियानमा १२ वर्षमाथि उमेर समूहका, हालसम्म कोरोनाको खोप नलगाएका र यसअघि खोप लगाएर एकवर्ष पुगिसकेका नागरिकलाई यो खोप दिन लागिएको हो । […]





