कञ्चनपुरमा दम्पती हत्याः दुई दर्जन बढीसँग सोधपुछ, ‘सीडीआर’ मार्फत पनि अनुसन्धान
कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दुई दर्जन बढीलाई सोधपुछ गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका– १ बिनबारीका स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । प्रहरीले अहिलेसम्म घटनामा संलग्नहरूबारे कुनै तथ्य पत्ता लगाउन सकेको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान […]




