दोस्रो योगी गुरु नरहरिनाथ फुटबल प्रतियोगिता शुरु

हस्त चौलागाँई
कालीकोट ,३१ असोज ।
दोस्रो योगी गुरु नरहरिनाथ फुटबल प्रतियोगिता भब्यताका साथ शुरु भएको छ । वर्षेनी हुने फुटबल प्रतियोगिता यस वर्ष पनी दशै र तिहारको अवसरमा शुरु भएको हो । राष्ट्रगुरु योगी नरहरिनाथको सम्झनामा तिब्रीकोट फुटबल क्लवले उक्त प्रतियोगिता गदै आएको छ ।
कर्णाली प्रदेश सरकारका माननिय हिक्मत बहादुर विष्टको प्रमुख आथित्यता,तिब्रीकोट फुटबल क्लवका कार्यवहाक अध्यक्ष बिमल शाहीको अध्यता तथा प्रमुख जिल्ला अधिकारी गणेशराज सुयाल,प्रहरी प्रमुख हिम बहादुर खत्रीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
मिति २०८२ असोज ३० गतेदेखी कार्तिक २ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा कालिकोट जिल्लाका २४ वटा टिम सहभागि भएका छन् । सदरमुकाम मान्म बजारमा हुने ५ए साईड खुल्ला फुटबल प्रतियोगितामा प्रथम पुरस्कार ५११५१ ,द्धितिय पुृरस्कार २५५२५ सहित कप मेडल प्रमाण पत्रको ब्यवस्था रहेको कार्यक्रम संयोजक तथा क्षेत्रिय खेलाडी स्वदेश शाहीले जानकारी दिएका छन् ।
कार्यक्रम सफलताको शुभकामना सहित सभाअध्यक्ष बिमल शाहीले युवाहरुले खेलकुदको क्षेत्रमा सदै लाग्नु पर्ने तथा खेलकुद क्षेत्रमा स–साना भाईबहिनीहरुलाई अग्रसर गराई देशको शिर उच्च बनाउन तिर लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका उपस्थित अतिथिहरुले जिल्लाको सदमुकाम मान्म बजारमा खेलकुद तथा मनोरन्जका कार्यक्रम गरिरहरनु पर्ने बताएका छन् । समय बिराएर सास्ंकृतिक तथा खेलकुदका कार्यक्रमहरु गरेपछी बालवालिकाहरुमा खेलप्रति तथा सांस्कृतिक कार्यक्रम प्रति चासो बढ्ने भएकाले सवै युवाहरु जागरुक भएर यस्ता खाले कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।
तिव्रीकोट फुटबल क्लवको आयोजना तथा डाइरेक्ट एक्सन मिडिया प्रा.लि को सह आयोजनामा फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । कार्यक्रम सम्पन्न पार्न सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्था,सहयोग गर्नुहुने महानुभावहरुलाई डाइरेक्ट एक्सन मिडिया प्रालि हार्दिक धन्यवाद ब्यक्त गर्दछ ।






