घुयँत्राे:. “कुर्सी फुस्किएपछि कुर्कुच्चा समाउने नेताहरु: जनता भन्छन्, ‘अब त भुइँमा बस्न सिक्नुस्’”

सत्ताकाे डाडुपन्यु आफ्नाे हाताँ नभएछि नेताहरु कसरी कुकुर्किन्छन भन्ने कुरा ऐले जनताले राम्रोशीत देखे । सत्तारहुन्जेलकाे तिनिहरकाे चुरीफुरी अनि तिनका झाेले र चम्चेकाे जगजगीले जनता कति त्रसित हुन्थे । तर जब नेपालाँ जेनजी नामकाे जिनिसले २३/२४ गते नेताहरकाे विरुध्दमा धुनधडाक विराेध गर्याे तब ऐले नेताहरु दुला पसेका पस्यैछन । आन्दोलन पनि यस्ताे आन्दोलन भाे जसकाे ब्याख्यागरि साध्य छैन । एकै रातमा धडाकसे सत्तानै परिवर्तन भएर भागाभाग गरेका नेताहरु देउबा, ओलि,माधब,प्रचण्ड ,लेखक ,आर्जुहरु मध्ये प्रचण्ड चाहिँ सार्वजनिक जीवनमा आई सकेका छन भने अरु नेताहरु अँझै पनि सार्वजनिक हुन सकेकाछैनन । खासगरि आन्दोलनकाे माग बुढा नेताहरुले पाटि छाेडेर नेतृत्व अरुलाई दिनु पर्ने, भष्टाचारीलाई कार्वाही गर्नु पर्ने,लगायत समानुपातिक प्रतिनिधित्वमा परिवर्तन र प्रत्यक्ष निर्वाचित कार्यकारीले देशकाे नेतृत्व लिनु पर्ने माग राखेकाेमा आन्दोलन सफल हुने बित्तिकै भागेका नेताहरु कता दम्पच भएर बसेकाछन था छैन ।
तत्कालीन सत्ताधारी ओलिकाे भागाभाग पछि बनेकाे सुशिला कार्किकाे सरकारले देशमा सत्ता सम्हालेकाेछ । तर सत्ताविना बाँच्न नसक्ने देउवा र ओलिकाे परिवार भने आज आन्दोलन सकिएकाे मैना दिन लाग्नै लाग्दा समेत बाहिरिन सकेका छैनन ।देउबा र आर्जु त कहाँ छन भन्ने सम्मकाे अत्तोपत्तो पनि सामान्य नागरिकलेसमेत पाउन सकेका छैनन् ।जब ठुला नेताहरु बाहिरिन सकेका छैनन त तब जेनजीका मागहरुपनि दैनिकरुपमा बढेका बढ्यैछन । दलिय ब्यवस्थामा दलका ठूला नेतानै नबाहिरिएछि जेनजीहरुमा हाैसला झन यसरी बढेकाेछ कि हाम्ले जे भन्याे त्यै पाउँछम् भन्दै दिनहु मागमाथि माग थपेर जेनजीहरु प्रधानमन्त्री सुशिला कार्किमाथि दवाब बढाउन थालेकाछन ।
तिनिहरुका माग हेर्दा सम्विधान संसाेधन नगरि पूरा हुनै सक्दैनन । प्रधानमन्त्रीले नि सरकार बनाउँदा सहमति गरेका ताेडफाेड र आगजनि गर्नेलाई कार्बाहि,भष्टाचारीलाई भकाभक पक्राउ गरि थुनामा पठाउने कुरालाई प्रथमिकता दिएर अघि बढाउनु पर्नेमा त्यसाे नगरेका कारण पनि जेनजीहरु माग थप्न बाध्य भएका हुन ।
जेनजीले २० गतेमात्रै राखेका सर्बोच्च अदालतका प्रधान न्यायाधीशकाे राजीनामा र अख्तियारका सबै पदाधिकारीकाे राजीनामाकाे जुन माग छ ती माग पूरा नभएसम्म जेनजी अघि बढने र पुन अर्काे आन्दोलन गर्ने कुरा आईसक्दासमेत ठूला दलका नेता देखा नपर्ने हुन र देशफेरि विध्वंसमा जाने हाे भने आन्दोलनकारीले अब केही बाँकि राख्ने छैनन । त्यसैले देशलाई थप खरानीमा परिणत हुन नदिन पनि बुढाहरु सबैले नेतृत्वबाट राजीनामा दिएर नेतृत्व नयाँ पुस्तालाई दिएकाे घाेषणा गर्नुपर्छ र देशलाई थप क्षेति हुनबाट बचाउनु पर्छ । अन्यथा न देश रहनेछ न पाटि , देशमा थप दङ्गा हुन नदिनपनि बुढा नेताहरुले हात खडा गर्नै पर्छ । नेताहरुले आन्दोलनकारीहरुसित सरेन्डर नगरी आफ्नो हठमात्रै प्रस्तुत गरेर अब पार लागिन्न । त्यसैले नेताजीहरु जति सक्याे छिटाे सार्वजनिक हुनाेस समयचुक्याे र अनर्थ भै हाल्याे भने पछुताउनेबाहेक अर्को बाटाे रहने छैन । चेतना भया !





