चुलोचौकाबाट विद्यालय नेतृत्वमा, शिक्षा सुधारकी नायिका :धनलक्ष्मि

गोल्डेन बुढा

जुम्ला ,६ साउन।

जुम्लाको तिला गाउँपालिका–४ स्थित ज्ञानज्योति आधारभूत विद्यालयको तस्वीर अहिले पूर्णरूपमा बदलिएको छ। यो रूपान्तरणको पछाडि छन्– ४९ वर्षीया धनलक्ष्मी धिताल, जो दुई वर्षअघिसम्म घरको चुलोचौकासम्म सीमित थिइन्, तर अहिले विद्यालय व्यवस्थापन समिति अध्यक्षको भूमिकामा समाजलाई प्रेरणा दिइरहेकी छन्।

धितालको नेतृत्वमा विद्यालयको पुरानो समस्या—घेरबारको अभाव, छाडा चौपाया र चोरीको डर—समाधान भयो। सबै महिलाको सहभागिता रहेको समितिमार्फत पालिकामै नमुना मानिने गरी विद्यालयको घेराबार सम्पन्न गरियो। त्यसैगरी, कक्षाकोठा व्यवस्थापन, झ्याल–ढोकामा ग्रिल जडानलगायतका काम उनले आफ्नै अगुवाइमा सम्पन्न गराइन्।

विद्यालयमा स्थायी शिक्षकको दरबन्दी नहुँदा शिक्षा गुणस्तरमा ठूलो चुनौती थियो। शिक्षकले जागिर छोडेपछि, उनी पालिकादेखि शिक्षा समन्वय इकाइसम्म धाउन थालिन्। राहत शिक्षक नियुक्तिमा समेत राजनीतिक दबाब हुँदाहुँदै उनले योग्य र प्रतिबद्ध शिक्षक ल्याउनेमा कुनै सम्झौता गरिनन्। “राम्रो शिक्षा दिइएन भने स्कुल पठाउनु–नपठाउनु उस्तै हो,” भन्ने उनको सोच आज विद्यालयको शैक्षिक स्तरमा सुधारका रुपमा देखिएको छ।

हाल विद्यालयमा २६ जना विद्यार्थी छन्। नौ सदस्यीय व्यवस्थापन समितिमा चार जना महिला छन्। उनीहरूमध्ये अध्यक्ष धिताल विद्यालयको दैनिक रेखदेख, शिक्षक-विद्यार्थीसँगको सम्वाद, तथा अभिभावकसँगको समन्वयमा सक्रिय छन्। विद्यालयका प्रधानाध्यापक टंकनाथ योगी भन्छन्, “धनलक्ष्मी अनुशासित र कर्तव्यनिष्ठ हुनुहुन्छ। नेतृत्व बलियो भएपछि विद्यालयको प्रणाली समेत अनुशासित हुन्छ।”

शिक्षक जानकारी कुमारी शाही योगी भन्छिन्, “महिलाले विद्यालय सञ्चालन गर्दा सहज महसुस भएको छ। सबै चुनौतीका बीचमा पनि विद्यालय हितमा काम भइरहेको छ।”

धनलक्ष्मी जस्ता महिलाको सक्रियता र प्रतिबद्धताले शिक्षा क्षेत्रमा महिलाको नेतृत्व कति प्रभावकारी हुन्छ भन्ने प्रमाणित भएको छ। ‘अध्यक्षज्यू’ भनेर सम्बोधन गर्दा गर्व महसुस गर्ने उनी भन्छिन्, “महिलाले जिम्मेवारी पाउँदा इमानदारीपूर्वक काम गर्न सक्छन् भन्ने उदाहरण हामीले देखाएका छौं।”

चुलोचौकाबाट विद्यालय नेतृत्वमा, शिक्षा सुधारकी नायिका :धनलक्ष्मि

बाँके सशस्त्र प्रहरीद्वारा एक वर्षमा १० करोडभन्दा

चुलोचौकाबाट विद्यालय नेतृत्वमा, शिक्षा सुधारकी नायिका :धनलक्ष्मि

सम्पादकीय : अभियानमा सीमित नहोस् तुइन विस्थापन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds