विपद् पूर्वतयारीमा जोड: मन्त्री अग्रवालद्वारा नेपालगञ्ज विमानस्थलको गोदाम निरीक्षण

बाँके ,३ साउन।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले नेपालगञ्ज विमानस्थलमा रहेको विपद् सामग्री भण्डारण केन्द्र (गोदाम) निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा मन्त्री अग्रवालले विपद् व्यवस्थापनका लागि पूर्वतयारीलाई अत्यन्तै महत्वपूर्ण विषयको रूपमा औंल्याउँदै जुनसुकै बेला उत्पन्न हुन सक्ने विपद्‌को सामना गर्न सबै सरोकारवाला निकायलाई अझ जिम्मेवार र सतर्क रहन आग्रह गर्नुभयो।

उहाँले गोदाममा संकलन गरिएको सामग्रीहरूको अवस्था, प्रयोगयोग्यता तथा आपत्कालीन समयमा प्रयोगमा ल्याउने तयारीबारे जानकारी लिनुभयो। “सामग्री गोदाममा मात्र थन्क्याएर राख्ने होइन, आपत् स्थितिमा प्रभावकारी उपयोग कसरी हुन्छ भन्ने सुनिश्चितता जरुरी छ,” मन्त्री अग्रवालको भनाइ थियो।

लुम्बिनी प्रदेश सरकारले हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको र विपद् प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनमा समेत ध्यान दिइएको मन्त्री अग्रवालले जानकारी दिनुभयो।

“विपद् आइपरेपछि मात्रै होइन, त्यसअघि नै तयारीमा जुट्ने अवधारणालाई अब व्यवहारमा उतार्नुपर्छ,” मन्त्री अग्रवालले प्रतिबद्धता जनाउनुभयो।

निरीक्षण कार्यक्रममा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सचिव, नेपाली सेनाका अधिकृत, बाँकेका प्रहरी प्रमुख तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

सञ्चालनमा रहेको सामग्री गोदाम तथा विपद् प्रतिकार्य संयन्त्रलाई अझ सशक्त बनाउँदै लैजाने सरकारी तयारीसँगै स्थानीय तह, सुरक्षाकर्मी र सरोकारवालाबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

 

विपद् पूर्वतयारीमा जोड: मन्त्री अग्रवालद्वारा नेपालगञ्ज विमानस्थलको गोदाम निरीक्षण

समयमै वर्षा नहुँदा बाँकेमा अझै २७ प्रतिशत

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds