जुम्लाका ८ वटै स्थानीय तह पूर्ण खोप घोषणा

गाेल्डेन बुढा

जुम्ला,१६ असार।

जुम्लाका ८ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्।जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका र सात वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका हुन्।जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक अनुसार १६ देखि ५९ महिनामुनिका ३ हजार ८ सय २५ जना बालबालिकाले पुरा खाेप पाएका छन्।भने ३ हजार ४ सय ७९ जना बालबालिकालाई खाेप कार्ड दिइएको छ। तीन सय ४६ जना बालबालिकाले कार्ड पाएका छैनन्।जन्मेदेखि १५ महिना उमेर समुहका २ हजार ३ सय ३६ बालबालिका मध्ये २ हजार तीन सय २७ जना बालबालिकालाई खाेेप कार्ड दिइएको छ।भने ९ जना बालबालिकालाई खाेप कार्ड दिइएको छैन। जुम्लाको तातोपानी गाउँपालिकाका जन्मदेखि १५ महिनामुनिका बालबालिका तथा १६ देखि ५९ महिनामुनिका बालबालिकाले सबै प्रकारका खोप सुनिश्चित पाएका छन्। १६ देखि ५९ महिनासम्मका ५ सय ८७ जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।

यसै गरी जन्मेदेखि १५ महिनाका २ सय ९१ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । यस्तै २ सय ८३ जना बालबालिकालाई खोप कार्ड उपलब्ध गराइएको छ । यसका साथै पूर्ण खोप प्राप्त गरेका ५ सय ८७ जना बालबालिका छन्।यता कनकासुन्दरी गाउँपालिका भित्रका १५ महिना मुनिका २ सय ३ जना बालबालिकाहरूले नियमित खोप लगाएका छन्। भने १६ देखि ५९ महिना भित्रका ५ सय ८८ जना बालबालिकाले पूर्णखोप पाएका छन्।यस्तै तिला गाउँपालिकाका १६देखि ५९ महिनासम्मका ५ सय ७९ जना बालबालिकालाई पुर्ण खाेप लगाइएको छ।जन्मेदेखि १५ महिना उमेर समुहका ५ सय १६ जना बालबालिकाले पुर्ण लगाएकाे हो।

पातारासी गाउँपालिकाका १६ देखि ५९ महिनासम्मका ५ सय २७ बालबालिकालाई पुरा खाेप लगाइएको छ। भने, ४ सय ८ बालबालिकाले खाेप कार्ड पाएका छन्।१९ बालबालिकाले खाेप नपाएकाे बताइएको छ।जन्मेदेखि १५ महिना उमेर समुहका ४ सय ८ जना बालबालिका छन्। सबैले खाेप कार्ड पाइसकेको गाउँपालिकाले जनाएको छ। भने गुठिचाैर गाउँपालिका भित्रका १६ देखि ५९ महिनासम्मका १ सय ५३ बालबालिकालाई पुरा खाेप लगाइएको छ। सबैले खाेप कार्ड दिइएको छ।भने,जन्मेदेखि १५ महिना उमेर समुहका १ सय ९३ बालबालिकालाई खाेप लगाइएको छ। सबैले खाेप कार्ड पाएका छ।

यता हिमाका १६ देखि ५९ महिनासम्मका १ सय ६५ बालबालिकालाई पुरा खाेप लगाइएको छ। १ सय ५० जनालाई खाेप कार्ड दिइएको छ।भने,जन्मेदेखि १५ महिना उमेर समुहका २ सय ७ बालबालिकालाई खाेप कार्ड दिइएको छ। यस्तै सिंजा गाउँपालिका भित्रका १६ देखि ५९ महिनासम्मका ५ सय ३९ जना बालबालिकालाई पुरा खाेप लगाइएको छ।सबैले खाेप कार्ड पाएका छन्।भने जन्मेदेखि १५ महिना उमेर समुहका २ सय २२ खाेेप कार्ड दिइएको छ।यता एक मात्र चन्दननाथ नगरपालिका भित्रका १६ देखि ५९ महिनासम्मका ८ सय २७ जना बालबालिकालाई पुरा खाेप लगाइएको छ। ६ सय १५ बालबालिकालाई खाेप कार्ड उपलब्ध गराइएको छ।भने १ सय ९६ बालबालिकाले खाेप कार्ड पाएका छैनन्।

जन्मेदेखि १५ महिना उमेर समुहका२ सय ९४ जना बालबालिकालाई खाेप कार्ड दिएको छ।पूर्ण खोप सुनिश्चितता हुन बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको हुनुपर्ने मापदण्ड छ।

जुम्लाका ८ वटै स्थानीय तह पूर्ण खोप घोषणा

राप्ती किनारमा साइरन जडान : नरैनापुरका बासिन्दा

जुम्लाका ८ वटै स्थानीय तह पूर्ण खोप घोषणा

बाँकेको खजुरामा भातखुवाईको खाना खाँदा १३ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds