पानीका मुहान बचाउन जलसम्मेन

गाेल्डेन बुढा

जुम्ला,२४ जेेष्ठ। 

अहिले पनि जुम्लाकाे सदरमुकाम खलंगा खानेपानीको हाकारले काकाकुल बनेको छ। खलंगाबासीले स्वतन्त्र पुर्वक पानी खान पाएका छैनन्।आसपासका मुहान सुकेपछि स्थानीयको पानीको विकल्प अब तीला नदी मात्रै छ। खलंगामा १० किलोमिटर टाढा जुम्लाको पातारासी गाउँपालिका-६ को बडेखोली, पातारासी-७ को रिनी गाउँको छहरेखोला र चन्दननाथ नगरपालिका-६ खलगाडा खोलादेखि खानेपानी ल्याइएको छ। तर खडेरीले मुहानमा पानी सुकेपछि स्थानीय काकाकुल बनेका हुन्।२०५७ सालमा २ सय धाराको लागि मात्र खानेपानी आयोजना बनाइएको थियो। तर ,अहिले १ हजार ७ सय धारा छन्। बडेखोलीको मुहानमा ३ वटा पानीको मुहान मिसाइएको छ। तैपनि प्रतिसेकेन्ड २ लिटर मात्र उपलब्ध हुन्छ। हुन त खानेपानी समस्या समाधान गर्न खलंगा खानेपानी उपभोक्ता समितिले ४ लाख लिटर क्षमता भएको पानीट्यांकी बनाएको छ। तर त्यसले पनि नगरवासीको गर्जो टार्न सकेको छैन।भने जुम्लाका अन्य गाउँ बस्तीमा पनि खानेपानीको उतिकै समस्या छ।एक नगरपालिका सहित अन्य सात गाउँपालिकाका स्थानीयले खानेपानीकै समस्या झेल्नुपरेको छ। विभिन्न मानवीय त्रुटिपूर्ण कारणले गर्दा खानेपानीका मुहान सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रुपमा लिइएको छ। पछिल्लो समय सडक निर्माण, जलवायु परिर्वतन बढ्दो जनसंख्या कारण पानीका मुहान सुक्दै गएका कारण संरक्षणका लागि पहल थालिएको हो। मुहान संरक्षण आवश्यक जरुरी रहेको स्थानीय बताउँछन्। साेही अवस्थालाई मध्यनजर गर्दै जुम्लाको हिमा गाउँपालिकाले दुईदिने जल सम्मेलनको आयोजना गरि छलफल गरेको छ ।खानेपानीका मुहानको पहिचान र संरक्षण गर्न बृहत छलफल गरेको हो।तीव्र जनसंख्या वृद्धि, जथाभावी वन फडानी, डढेलोका कारण पानीका स्रोतहरु सुक्दै जान थालेपछि खानेपानीको दिगो समाधान खाेज्न जल सम्मेलनको उदेश्य छ।

सम्मेलनमा गाउँपालिकाभित्रका खानेपानीका मुहानको अवस्था, स्रोत संरक्षणमा भएका प्रयास, जलवायु परिवर्तनले खानेपानीका क्षेत्रमा पारेको प्रभाव र असरका विषयमा छलफल भएको थियो। छलफल भएका विषयहरु समेटेर १२ बुँदे प्रतिबद्धता गरिएको छ । खानेपानीको दिगो व्यवस्थापनको लागि कार्यविधि बनाउने, गाउँपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता योजना बनाएर कार्यान्वयनमा लैजाने, सामुदायिक धारमा एक दिनको एक रुपैयाँ र निजी धारामा मिटर अनुसारको महशुल उठाएर कोषको व्यवस्थापन गर्ने, हरेक वर्ष वार्षिक रुपमा हरेक खानेपानी आयोजनाले प्रतिवेदन वडा र गाउँपालिकामा पेस गर्ने प्रतिबद्धता गरिएको छ ।एकघर एक पोषण बगैंचा र घरबारीको व्यवस्थापन गर्ने, पानीको स्रोत सुक्दै जाने प्रक्रियालाई रोकथाम गर्न वृक्षारोपाण गर्ने, वर्षातको समयमा र वर्षात पछिको पानी परीक्षण गराउने, विद्यालयमा खानेपानी तथा सरसफाइ स्वच्छता योजना निर्माण गरेर कार्यान्वयन गर्नेदेखि खानेपानी योजनाको खातापात व्यवस्थित गर्ने र प्रत्येक वर्ष सार्वजनिक परीक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।५ वर्षभित्र पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने, महिनावारीको समयमा पनि धारा र शौचालयको प्रयोग गर्न चेतनामुलक अभियान सञ्चालन गर्ने, पालिकामा आपतकालीन कोष स्थापना गर्ने र खानेपानी योजनाको रेखदेख गर्न पानी हेरालाको नियुक्ति विधिवत रुपमा गर्ने प्रतिबद्धता जनाइएको छ ।सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना कर्णालीका २८ गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

हिमा गाउँपालिकाका वास संयोजक सुमिता शाहीले खानेपानी योजनाको दिगो व्यवस्थापन र सञ्चालनको मुख्य उद्देश्य राखेर जल सम्मेलन गरिएको बताइन्।हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले खानेपानी र सरसफाइमा हिमाले गरेका कामलाई संस्थागत गर्न सम्मेलनको आयोजना गरिएको बताए । ‘पाँच वर्षमा खानेपानीको नमुना विकास गर्ने प्रतिबद्धता थियो । जस अनुसार खानेपानीको मुहान र खानेपानी आयोजनाको काम भइरहेको छ,’ अध्यक्ष शाहीले भने, ‘पानीको स्रोतको संरक्षण र सदुपयोगमा जोड दिइएका छौं ।’अहिले हिमाका ११ सय भन्दा बढी घरमा एकघर एक धारो बनिसकेको छ । सम्मेलनमा ३१ वटा खानेपानी आयोजनाका पदाधिकारी, जनप्रतिनिधि, खानेपानीसँग सरोकार राख्य निकाय सहभागी थिए । ३१ वटा उपभोक्ता समितिमा २७ वटा उपभोक्ता समितिसँग योजना सम्झौता भएर कार्यान्वयन भइसकेको छ । खल्ढुङा, बादाखोला र रिन्डिल सिम्डिल खानेपानी समितिले क्रमशः ६ लाख ९७ हजार, ४ लाख ९४ हजार र ५ लाख ५० हजार रुपैयाँ मर्मत कोषमा जम्मा गरेका छन्। यस्तै, उपभोक्ता समितिलाई प्रमाणपत्र वितरण गरिएको छ।उनीहरुसँग खानेपानी तथा सरसफाइ योजनाको मर्मत संभार कार्यान्वयन समझदारीपत्रमा सम्झौता भइसकेको छ ।नेपालको संविधानको २०७२ काे धारा ३५ ले खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। यस्तै गतपुस महिनामा जलस्रोत संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले वातावरण संरक्षण ऐन ल्याएको छ। गाउँपालिका भित्रका ४ सय ९५ वटा पानीका स्रोत मध्ये ३ सय ६५ वटा पानीका स्रोत संचालन छन् ।

उक्त पानीका स्रोत संरक्षणका लागि वातावरण ऐन ल्याईएको अध्यक्ष पूर्णसिंह बोहोराले बताए।उनले दिएको तथ्यांक अनुसार ७ वटा वडा भएको पातारासी गाउँपालिकमा पानीका स्रोत ४ सय ९५ वटा छन् । जस मध्ये १ सय २९ वटा मात्रै प्रयोगमा छन् । तर, ३ सय ६५ वटा मुहान प्रयोगमा छैनन् । कुल ४ सय ९५ पानी स्रोत भएको पातारासी भित्र २ वटा नदि २ सय ४१ वटा मुल, २ सय ३३ वटा साना खोल्सा र १९ वटा ठुला खोल्सा छन् ।

पानीका मुहान बचाउन जलसम्मेन

“पढाइले गोठ छु्ट्याएन: वीर बहादुरको आत्मनिर्भर गोठाली

पानीका मुहान बचाउन जलसम्मेन

मृत अवस्थामा फेला परे नवीन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds