कर्णालीका ३३ मध्ये २६ क्याम्पसमा चुनाव हुँदा अखिल (क्रान्तिकारी) पहिलो


सुर्खेत । कर्णाली प्रदेशमा त्रिभुवन विश्वविद्यालयबाट सम्बधन पाएका ३३ वटा क्याम्पसमध्ये २६ वटाको स्ववियु निर्वाचनअन्तर्गत चुनाव सम्पन्न भएको छ । कर्णाली प्रदेशका २६ क्याम्पसमध्ये नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले सबैभन्दा धेरै जीत हात पारेको छ ।

२६ क्याम्पसमध्ये अखिलले १२ मा जीतेको छ । अनेरास्ववियुले ८ क्याम्पसमा जीतेको छ । यस्तै, नेपाली कांग्रेस निकट नेविसंघले भने ६ स्थानमा जीतेको छ । अझै सात वटा क्याम्पसको निर्वाचन हुन बाँकी रहेको छ ।

क्रान्तिकारीले जितेका क्याम्पसहरु
१) शीतल क्याम्पस चौरजहारी रुकुमपश्चिम– प्रकाश डाँगी
२) राडिज्युला शिक्षा क्याम्पस रुकुमपश्चिम – सुप्रिम वली
३) सानोभेरी शिक्षा क्याम्पस रुकुमपश्चिम – वीरभान भण्डारी
४) सिम्रुतु शिक्षा क्याम्पस रुकुमपश्चिम – दीपेन्द्र वली
५) सूर्योदय क्याम्पस श्रीनगर हुम्ला– रीमिलाल बुढा
६) बनगाड क्याम्पस सल्यान– जीवन विष्ट
७) लिकु संयुक्त क्याम्पस डोल्पा– राजेन्द्र गिरी
८) सिजा बहुमुखी क्याम्पस जुम्ला– सन्तोष आचार्य
९) स्यार्पु बहुमुखी क्याम्पस रुकुमपश्चिम – टेकराज विश्वकर्मा
१०) जनकल्याण क्याम्पस सल्यान – गणेश वली
११) जनचेतना बहुमुखी क्याम्पस कालिकोट– बसराज बोहरा
१२) फारुल्ला बहुमुखी क्याम्पस सल्यान– हिमा शर्मा

अनेरास्ववियुले जितेका क्याम्पस
१) शारदा क्याम्पस सल्यान – विश्व खडका
२) सल्यान बहुमुखी क्याम्पस सल्यान – विशाल पुन मगर
३) सिम्ता वहुमुखी क्याम्पस सुर्खेत – रुद्र रावत
४) हिमशिखर व क्याम्पस सुर्खेत – मिना रावत
५) अमरदीप क्याम्पस सुर्खेत – विशाल रावल
६) हिमज्योति व क्याम्पस हुम्ला – जयराज सञ्ज्यान
७) हिमज्योति बहुमुखी क्याम्पस हुम्ला— जयराज सञ्ज्याल
८) डोल्पो क्याम्पस डोल्पा—गोकर्ण बुढाथोकी

नेविसंघले जितेका क्याम्पस
१) कपुरकोट बहुमुखी क्याम्पस सल्यान– दीपेन्द्र बुढा मगर
२) शिवजन क्याम्पस– संजय हमाल
३) चनुदेव हिरा सुरेन्द्र पूर्ण क्याम्पस मुगु– धनचन्द्र कार्की
४) मानसरोवर बहुमुखी क्याम्पस हुम्ला– सागरकुमार शाही
५) कालागाड बहुमुखी क्याम्पस जाजरकोट– विशालविक्रम चुनारा
६) गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत – मोहन विष्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *