हृदयाघातबाट पालिका कर्मचारीको निधन


हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आईतवार बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेको थियो । उनकी श्रीमती, एक छोरा र दुई छोरी छन् । स्वर्गीय सिंहको आईतवार नै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए । उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए ।

हृदयाघातबाट पालिका कर्मचारीको निधन

सिम्तामा अपांगता विद्यार्थीलाई न्यानो कपडा वितरण

This will close in 0 seconds