दैलेखको आठविसमा कर्मचारी नहुँदा सुनसान

आठविस नगरपालिका दैलेखमा कर्मचारी नहुँदा सुनसान देखिएको छ । नगरपालिकाका लेखादेखि मेयरसम्मको कोठामा ताला लगाईएको छ भने अन्य कर्मचारी बस्ने फाँटहरु खुल्ला भएपछि खाली छन् ।

साउन लागेसंगै नगरपालिकामा कर्मचारीहरु नआउँदा खाली भएको हो । प्रमुख प्रशासयिक अधिकृत, मेयर, लेखापालदेखि महत्वपूर्ण फाँटहरु कर्मचारी विहिन छन् । कर्मचारीले खचाखच भरिने फाँटहरु हिजोआज सुनसान छन् ।

कर्मचारी कहाँ कहिले गएका हुन् आफुलाई थाहा नभएको उपमेयर कल्पना थापा (चन्द) ले बताईन् ।

राजश्व शाखा, स्वास्थ्य शाखा, कृषि शाखा र पशु शाखाका कर्मचारी मात्र नियमित कार्यालयमा आउने गरेका छन् ।

दैलेखको आठविसमा कर्मचारी नहुँदा सुनसान

कक्षा १२ उत्तीर्ण विद्यार्थीले अब जनरल नर्सिङ

दैलेखको आठविसमा कर्मचारी नहुँदा सुनसान

बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून