मोटरसाइकिल दुर्घटना हुँदा सिम्तामा एकको मृत्यु


चौरजहारी, नयाँ बजारमा लक्ष्मी मोबाइल सेन्टर सञ्चालन गर्दै आएका भुवन के.सी.शनिवार विहान दुर्घटनामा परि मृत्यु भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –४ निवासी ३७ वर्षीय भुवन केसीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।
वादेपिपल राकम स्थित प्रहरीले दिएको जानकारी अनुसार शनिबार बिहान सिम्ता गाउँपालिका–३ स्थित औलझ्याम काँक्रेतारा छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्वरको मोटरसाईकल चालक बाँफिकोट गाउँपालिका वडा नम्वर ४ का ३० वर्षिय दिपक दाहाल र मोटरसाईकल ईलाका प्रहरी कार्यालय वादेपिपल राकम स्थित प्रहरीले कार्यालयको नियन्त्रणमा रहेको छ ।
मृतक के.सी.को मोटरसाईकल पछाडी वसेका चौरजहारी नगरपालिका वडा नम्वर ९ गुर्तालगाउँका १८ वर्षिय आषिस कुमार मल्ल र दाहाल सामान्य घाईते भएको बताईएको छ ।






