एमाले सिम्ता गाउँ कमिटीको अध्यक्षमा राजेन्द्र सिं ठकुरी


नेकपा(एमाले) सिम्ता गाउँ कमिटीको दोस्रो अधिवेशन सर्व सहमतिमै टुंगिएको छ । दुई दिनसम्म चलेको अधिवेशनले राजेन्द्र सिं ठकुरीको अध्यक्षतामा गाउँ कमिटी घोषणा गरिएको छ ।
सिम्ता गाउँपालिका वडा नं ६ को २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित लोकप्रिय व्यक्ति ठकुरीले समाज सेवा गर्दै अाएका छन् । पछिल्लो समय युवा माझ निकै चर्चा कमाएका ठकुरी सर्वसहमतिमै नेकपा एमाले सिम्ता गाउँ कमिटीको अध्यक्षमा चयन भएका छन् ।
अध्यक्षमै ४ जना आंकाक्षी भए पछि सहमतिय प्रणाली अनुसार कमिटी घोषणा गर्न नेतृत्वलाई हम्मेहम्मे पर्याे । अध्यक्षमा राजेन्द्र सिंह ठकुरी, उपाध्यक्ष मोहन विसी, सचिव गगन सिंह ठकुरी, उप सचिव खगेन्द्र सिंह ठकुरी, महिला उप सचिव गोमा चन्द, लेखा समिति अध्यक्ष विन्द बहादुर अधिकारी र लेखा उपाध्यक्ष सिवदर बुढा चयन भएकाे जनाएको छ ।






